टिजर बनाएर पगला घोडाको प्रचार : मण्डलामा प्रर्दशन हुने

काठमाण्डौँ । फिल्मको टिजर निकाल्ने चलनलाई पछ्याउदै नाटककारहरुले नाटकको समेत टिजर निकाल्ने प्रथा सुरु गरेका छन ।

आगामी पुष १२ गते देखि मण्डला नाटक घरमा मंचन हुन लागेको ‘पगला घोडा’को प्रचार प्रसारका लागि ‘पगला घोडा’का नाटककारहरुले नाटकको टिजर सार्वजनिक गरेका हुन ।

निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ ।

भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।

नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । मञ्चमा भने कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रूपमा रहेका छन् ।

२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । ‘अनुहार हराएको’  ‘बिम्बाको सपना’  ‘यो कुनै बास हो एकु, बेड नम्बर ९९ , तीन बहिनीु, सोलो म्युजिकल प्रस्तुति भरत नाट्यम् लगायत रहेका छन् ।