दिमाग खराबको डान्सिङ नम्बरको गीत रिलिज

काठमाण्डौँ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘दिमाग खराब’को  डान्सिङ नम्बरको गीत रिलिज  गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ ।

भव्य लाइटिङले तयार पारिएको आकर्षक सेटमा  खिचिए गीतमा निर्देशक बस्नेत आफैं नृत्य गर्दै प्रस्तुत छन् । निर्देशक बस्नेतका अलवा  दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराललगायत पनि सार्वजनिक गीतमा फिचर्ड छन् । अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको गीतमा विशेष भुमिकामा देखिएकी छन् ।

तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

Leave a Reply