अनुप भट्टराई
काठमाण्डौँ । नेपाली मनोरञ्जन क्षेत्रका गतिविधिहरुलाई समेत निकै राम्रो गरी समेट्दै आएको अनलाईन न्यूज पोर्टल पहिलो पोष्ट डटकमको प्रकाशन स्थगन भएको छ ।
२०७१ सालमा पाँच जना जिनियश सञ्चारकर्मीहरुलाई अघि सारेर सुरुवात गरिएको उक्त वेवसाईटले विजमाण्डू डटकमसँग मर्ज हुँदै आज श्रावण १ गते देखि वेवासाईटमा समाचार प्रकाशन स्थगन गर्ने घोषणा गरेको हो ।
एक नोटिस जारी गर्दै पहिलो पोष्टको होमपेजमा लेखिएको छ । ‘एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको हो।’ प्रकाशन स्थगन भन्नूको अर्थ पुन सञ्चालन हुन सक्ने भनेर पनि बुझिन्छ तर तत्तकाललाई भने यो शब्दलाई बन्द भएकै रुपमा लिदा हुन्छ ।
बुझिए अनुसार ब्यवस्थापनको समस्या देखि लिएर आर्थिक भार समेत बढ्न थालेपछि सञ्चालकले यो कम्पनीलाई एउटै वेवसाईट अन्र्तगत मर्ज गरेका हुन । पहिलो पोष्ट विजमाण्डू मिडियालेनै सञ्चालन गर्दै आएको सिस्सटर कम्पनी थियो ।
प्रकाशनको सुरुवाती दिनबाटै विश्वनीय समाचार प्रकाशन गर्नमा ठूलै सफलता हासिल गरेको पहिलो पोष्टमा उमेश श्रेष्ठ सम्पादक रहुनजेल सम्म निकै लोकप्रिय थियो तर उमेशले २०७६ सालमा कम्पनी छाडेपछि यो कम्पनी ओरालो लाग्दै गएको हो ।

उमेश श्रेष्ठ लोकप्रिय बल्ग माईसंसार डटकमका सञ्चालक हुन । उमेशकै सम्पादकीय नेतृत्वमा माईसंसारले २०७१ साल देखि आफ्नो प्रकाशन सुरु गरेको थियो । उमेशले यो कम्पनी छाड्ने बेला निर्मला पन्तको ईश्यूमा हुँ किल्ड निर्मालाको सिरिज गर्दा अन्य मिडिया र पाठक माँझ समेत लोकप्रिय थियो पहिलो पोष्ट ।
हाल पहिलो पोष्टमा कार्यरत करिब १५ जना पत्रकार तथा कर्मचारीहरु थापाथलीमा रहेको बिजमाण्डू डटकममा निहित रहेर काम गर्न सुरु गरिसकेका छन ।
News Filmy Newsportal / Nepal