काठमाण्डौँ । पूर्व घोषित टाइटलको अगाडी एक शब्द थपिएको फिल्म एक भगवत गीतको एक्सप्लोसिभ टिजर सार्वजनिक भएको छ ।
शुक्रबार बिहान सार्वजनिक टिजरमा अभिनेता विपिन कार्कीलाई किन्नरको भूमिकामा प्रस्तुत गर्दै उनलाई कमलामाई अवतारमा देखाईएको छ ।
फिल्ममा देखाईएको उनको यो अवतारले आउँदो भदौ २९ गते देखि बक्स अफिशमा आगो लगाउन सक्ने सम्भावना बढेर गईदिएको छ । अर्थात फिल्म प्रति दर्शक चासो ह्वात्तै बढाईदिएको छ टिजरले । तसर्थ टिजर अनुसार नै ट्रेलर र ट्रेलर अनुसारकै फिल्म गतिलो निस्किएको खण्डमा एक भगवत गीताले नेपाली फिल्म उद्योगमा अर्को एउटा हिस्ट्री कायम नगर्ला भन्न सकिन्न ।
अस्तित्वको लडाईको अवाज उठाएको यस फिल्मको टिजरमा अभिनेता धिरज मगर भने दुई झलकमा मात्र देखिएका छन । सुहाना थापाले नै कथाको लिड गरेको जस्तो देखिन्छ ।
अभिनेत्री समेत रहेकी झरना थापाको निर्देशनमा बनेको यस फिल्मको टिजरको मेकिङ हेर्दा लाग्छ यो कुनै बलिउड फिल्मको मेकिङ भन्दा कम छैन । झरनाको निर्देशकी क्षमतालाई यसपाली राजेश श्रेष्ठको छायाँकनले अझ माथि उठाईदिएको टिजरबाट हामीले अनुमान गरेका छौँ ।
फिल्मलाई झरनाका श्रीमान समेत रहेका निर्माता सुनिल कुमार थापाले निर्माण गरेका हुन जसले यो पटक विगतका फिल्ममा भन्दा उच्च लगानी गरेको टिजरबाट देख्न सकिन्छ । हेर्नुस एक भगवत गीताको एक्सप्लोसिभ टिजर ।