अन्त्येष्टीका लागि रोविनको छोरी नेपाल आउँदै : आईतबार गरिनेछ अन्तिम दाहसंस्कार

अनुप भट्टराई

काठमाण्डौँ । गत मंगलबार आफ्नै घरमा मृत भेटिएका अभिनेता तथा गायक रोविन तामाङको अन्त्येष्टी पर्सी आईतबार मात्र हुने भएको छ ।

न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार फ्रान्समा रहेका दुई छोरीहरु मध्ये जेठी छोरी तारा नेपाल आए पछि मात्र अन्तिम दाहसंस्कार गरिनेछ । तारा फ्रान्स बाट हिडिसेकेकी छिन ।

रोविन लामो समय देखि श्रीमतीसँग अलग्गिएर एकल जिवन विताउँदै आएका थिए । छोरीहरु चाँहि पूर्व श्रीमती सँगै फ्रान्समा बस्थे । कान्छी छोरी सानी भएका कारण अन्त्येष्टीमा आउन नसकेको बताईन्छ । उनको अन्तिम दाहसंस्कार तामाङ परम्परा अनुसार स्वयम्भूमा गरिनेछ ।

प्राप्त जानकारी अनुसार रोविन बुढानिलकण्ठमा रहेको निवासमा एक्लै बस्थे । उनी कुन बेला घर आउँने जाने परिवारका अन्य सदस्यलाई त्यति थाँहा हुँदैन थियो । बताईए अनुसार रोविनलाई मंगलबार दिउँसो देखि उनकी दिदीले फोन प्रयाश गरेकी थिईन तर पटक पटकको फोन प्रयाश पश्चात पनि रोविनको फोन नउठ्दा दिदीले प्रहरी बोलाएर ढोका खोलेपछि उनको अवस्था खुलेको हो ।

सो दिन मिडियामा उनकी श्रीमतीले नै रोविनको फेसबुकबाट खबर सार्वजनिक गरेको हल्ला चलेपनि यति खेर सो खबर झुठोसावित भएको छ । पोष्ट उनकै दिदीले गरेको बताईन्छ ।

रोविन निटकस्त श्रोत भन्छन पोष्टमार्टम रिपोर्टमा हार्ट अट्याक भएको देखिन्छ । ‘अहिले म धेरै भन्दिन एकै भरे चोटी प्रेस रिलिज आउछ अनि तपाईलाई थाहाँ होला । श्रोतले कुरा घुमाउदै भनेको छ । ‘ अनि कतिबेला घटना घटेको रहेछ नि भनेर न्यूज फिल्मीले थप प्रश्न गर्दा श्रोत भन्छ ‘बिहान ९ बजेको सम्भवत हुन पर्छ भरे बेलुका सम्म कुर्नुसन थाहाँ भैहाल्छनि ।’

Leave a Reply