काठमाण्डौँ । रक ब्यान्ड रोबिन र न्यु रिभोल्युसनका संस्थापक समेत रहेका गायक तथा फिल्म अभिनेता रोविन तामाङको निधन भएको छ ।
प्राप्त जानकारी अनुसार बुढानिलकण्ठ स्थित निजि निवासमा सुतिरहेका अवस्थामा उनको पिसफूल स्वर्गाहरोहण भएको हो । उनको निधनको खबर आफ्नै फेसबुक अकाउन्टबाट सार्वजनिक भएपछि सो खबर सत्य हो कि हैनन भनेर विविध प्रश्नहरु उठिरहेका छन ।
यध्यपी विभिन्न श्रोतहरुसँग क्रस चेक गर्ने क्रममा उनको फेसबुक अकाउन्टलाई श्रीमतीले चलाउने रहेछिन र पोष्ट पनि श्रीमतीलेनै गरिदिएको भन्ने छ ।
रोविन दिनभर सुतेर नउठेका हुन वा गएराति सुतेर दिन भर नउठ्दा यस्तो घटना घट्यो त्यो भने बुझन सकिएकोछैन तर नजिकका साथीभाईका अनुसार प्रहरी आएर बडीको मुचुल्का भने गरिसकेको अवस्था छ ।
थप जानकारी अर्को पोष्टमा