गायक प्रकाश सपूतमाथि बियरको क्यान बोतल प्रहार : हेर्नुस भिडियो

अनुप भट्टराई ।  काठमाण्डौं । रोमानिया कन्र्सटमा गायक प्रकाश सपूत माथि एक दर्शकले निकै नराम्रो दुर्वव्यहार गरेका छन ।

जादाखेरी आकाशैमा आउँदा खेरी बाकसैमा भन्दै लोक भाकामा गीत गाईरहेका बेला दर्शक दिर्घामा वियरको चुईस्कीमा रमाईरहका एक ब्यक्तिले उनको अनुहारमै पर्ने गरी क्यान बोतल प्रहार गरेको देखिन्छ । घटना यति घिनलाग्दो छ कि मानौ पैसा तिरेपछि जे पनि गर्न पाईन्छ ।

जस्तो ब्यवहार पनि गर्न पाईन्छ । किन कि प्रकाश माथि गरिएको प्रहार निकै निन्दनीय छ । अति सम्बेदन पनि छ । प्रत्यक्ष रुपमा उनको आँखै तल बोतल प्रहार भएको अनुहारमा निकै असर परेको हुन पनि सक्छ ।

पृष्ठभूमिबाट हेर्दा बोतल प्रहार गर्ने ब्यक्ति महिला जस्तो पनि देखिन्छन तर उनी पूरुष हुन वा महिला दृश्यलाई ठम्याउन अलि सकिन्न । किन भने उनले कपाल लामो पालको देखिन्छ ।

याद नेपाली म्यूजिक फेस्टिभल भाग २ नामकरण गरिएको यस कन्र्सटमा प्रिति आले र प्रकाश सपूत सहभागी भएका हुन । कार्यक्रमलाई नरेश गिरीले आयोजना गरेका हुन । रोमानिया यूरोपियन मूलुकको एक सुन्दर देश हो जहाँ केही हजार नेपालीहरु बसोबास गर्ने गर्छन भने नेपाली फिल्मकर्मीहरु समेत पुगेर त्यहाँ फिल्मको छायाँकन पनि गरिसकेको अवस्था छ ।

Leave a Reply