सुशान्त केसी र आना शर्माको सम्बन्धमा दरार ! पब्लिसिटी फन्डा या वास्तविकता ?

अनुप भट्टराई 

काठमाण्डौं । विगत एक बर्षदेखि खुल्लम खुल्ला माया प्रेम गरिरहेका सिंगर सुशान्त केसी र हिरोइन आना शर्माको सम्बन्धमा दरार आएको अनुमान गरिएको छ ।

हालै मात्र सुशान्तले आफ्नो टिकटक अकाउन्टबाट आनालाई अनफलो गरेपछि उनीहरुका फयानहरुबीच सोसल साइटका विभिन्न ग्रुपमा ब्रेकअपको रुमर फैलिएको हो ।

केही समूहले भने दुई दिन अघि मात्र बजारमा निस्किएको उनीहरुको नयाँ गीत सारंंगीको हाईप बढाउनका लागि यि दुईले पब्लिसिटी फन्डाको नयाँ खेल खेलेको हुन सक्ने अनुमान पनि गरेका छन । किन कि ईन्स्टाग्राम अकाउन्ट चेक गर्दा यि दुई अझै साथी नै देखिन्छन भने आनाले आफ्नो ईन्स्टामा यो नयाँ गीत  शेयर पनि गरेकी छिन ।

सुशान्तको कम्पोजिसनमा बनेको उक्त गीतमा आना र सुशान्त दुवैले मोडल बनेर खेलेका पनि छन । एक दिनमै झण्डै ९लाख भ्यूज प्राप्त गर्न सफल गीत यूट्यूबको म्यूजिक सेक्सनको ट्रेन्डिङ वानमा समेत उक्लिन सफल पनि भएको छ ।
तसर्थ टिकटकमा यो जोडीको यो अनफलोको फन्डा वास्तविकता हो या वेकार केही दिन पछि यसको फलोअप रिपोर्टका साथ न्यूज फिल्मी उपस्थित हुने छ । अहिलेलाई भने हेर्नुस यो जोडीको नयाँ गीत