साउथ ईन्डियन सुपरस्टार रामचरण वैवाहिक बन्धनमा बाधिएको दश बर्ष पश्चात पिता बनेका छन ।
उनकी श्रीमती उपसना कामिनी कोनिडेलाले गत असार ५ गते पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन ।
कलेज बेला देखिकी गर्लफ्रेन्ड रहेकी उपसना र रामचरणको विवाह १४ जुन २०१२ मा भएको थियो । घरमा पहिलो सन्तान आगमनसँगै निकै मख्ख परेका रामचरणलाई छोरी लिएर फर्किने बेला हस्पिटलमा फ्यानहरुले बधाई दिदै घेरेका थिए ।
Picture Courtesy NDTV.com