फागुन १ मा आउँदै ‘श्री बुकुरो’, स्केच पोस्टरमार्फत प्रदर्शन मिति घोषणा

Untitled design - 1

काठमाडौं । निर्देशक सुदीप भुपाल सिंहको नयाँ फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ आगामी फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले सोमबार फिल्मको आकर्षक स्केच पेन्टिङ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

निर्देशक सिंह यसै फिल्ममार्फत ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता फिल्म निर्देशन गरेका थिए। विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्मक कथावस्तुमा आधारित ‘श्री बुकुरो’ ले वर्तमान सामाजिक परिवेशलाई समेटेको निर्देशक सिंहको दाबी छ।

फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको यस फिल्ममा कलाकारहरूको ठूलो टोलीले अभिनय गरेका छन्। फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला लगायतको अभिनय रहेको छ।

रुबी सेन सिंह को निर्माण रहेको यस फिल्मको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौं मा गरिएको हो। फिल्मको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठ ले गरेका छन् भने सम्पादन बनिष शाह र चन्दन दत्त ले गरेका हुन्।

फिल्ममा परिच्छेद सेन, रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्की को संगीत रहेको छ। दिग्गज संगीतकार रञ्जीत गजमेर को संगीत तथा शिव परियार को स्वर रहेको यस फिल्मको हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरण को काम भइरहेको निर्माण पक्षले जनाएको छ।

निर्माण पक्षका अनुसार अब छिट्टै नै फिल्मको व्यापक प्रचार–प्रसार सुरु गरिनेछ।

Leave a Reply