काठमाडौं । राज बहादुर सानेको निर्देशनमा बन्ने फिल्म ‘लज्जावती’ को सोमबार पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ। बडादसैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर शुभमुहूर्तसँगै छायांकनको सुरुवात गरिएको हो।
शुभमुहूर्त सट लेखक प्रदीप भद्रराजको निर्देशनमा अभिनेता मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले दिएका थिए। त्यसपछि निर्माता विकास राज जोशीले परम्पराअनुसार नरिवल फुटाएका थिए। फिल्मको पहिलो दृश्य पशुपति आर्यघाटमा खिचिएको हो। निर्देशक सानेका अनुसार छायांकन करिब ३० दिनमा सम्पन्न गर्ने योजना छ।
आहा फिल्म्सको ब्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमल प्रसाद शर्मा र सन्दीप रोकाया हुन्। कार्यकारी निर्माता दीपक भण्डारी र सह–निर्माता भीमराज रोकाया रहेका छन्। दिव्यराज सुवेदी छायांकन निर्देशकका रूपमा जिम्मेवारी लिएका छन् भने उनलाई प्रवीन सुवेदीले सहयोग गर्नेछन्। फिल्मको मुख्य सहायक निर्देशक विशाल बराल र मेकअप आर्टिस्ट रवी केसी हुन्।
काठमाडौं आसपासमा खिचिने यस फिल्ममा मुकुन, श्रीकृष्ण, मेनुका र जानुकासँगै माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल र रामहरी खड्का लगायतका कलाकारको अभिनय रहनेछ।
निर्माण टिमले सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य पूरा भएपछि मात्र फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्ने जनाएको छ।
News Filmy Newsportal / Nepal