काठमाडौं । आगामी असोज १३ देखी प्रदर्शनमा आउँदै गरेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ। आशिष अविरल र मेलिना राइको स्वरमा रहेको गीतमा दानबहादुर कार्कीको शब्द र दीपक शर्माको संगीत छ।
भिडियोमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई नृत्य गर्दै देख्न सकिन्छ। लोकलयमा तयार गीतमा प्रकाश–स्वस्तिमाको जोडी विशेष आकर्षणको केन्द्र बनेको छ। भिडियोको कोरियोग्राफी किरण थापा र रविता मगरले गरेका छन्।
दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, दिव्य देव पन्त, हरिहर शर्मा र दिनेश काफ्लेको अभिनय रहेको छ। निर्माता सरोज ओली र मोहित वंश आचार्य हुन् भने कार्यकारी निर्माता शैलेस खत्री हुन्। ‘हरिबहादुरको जुत्ता’ एसएम मोसन पिक्चर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म हो ।
निर्माणपक्षका अनुसार फिल्मले दर्शकको माया पाउने विश्वास छ।