अमेरिकाभर २०० भन्दा बढी हलमा ‘बलिदान’ प्रदर्शन हुने

काठमाडौं । यस वर्षको दसैंको फूलपातीका दिन रिलिज हुने नेपाली फिल्म ‘बलिदान’ अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसी  मा प्रदर्शन हुने भएको छ।

सन्तोष सेनको निर्देशनमा बनेको फिल्म अमेरिकाभरका २०० भन्दा बढी हलमा एक हजारभन्दा बढी शो सहित देखाइने निर्देशक सेनले जानकारी दिए।

नेपाली फिल्म पहिलोपटक एएमसी चेनमा प्रवेश गर्न लागेका कारण ‘बलिदान’ लाई उद्योगकै साहसी कदम मानिएको छ। एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगल जस्ता अन्य प्रतिष्ठित चेनहरूमा समेत फिल्म देखाइनेछ।

पोस्टर र टिजर सार्वजनिक भइसकेका यस फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी र सेन स्वयंले पनि अभिनय गरेका छन्। आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

 

 

Leave a Reply