काठमाडौं। फरक शैलीमा आएको भोजपुरी फ्लेवरको गीत ‘लड्की गोरी’ ले फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ को चर्चा बढाएको छ। सुरुमा एआई निर्मित भिडियोमार्फत प्रचार गरिएको यो फिल्मको अहिले वास्तविक कन्टेन्ट सार्वजनिक भएसँगै उत्साह थपिएको छ।
एक साताअघि रिलिज भएको गीत ‘लड्की गोरी’ले मधेस र मधेसी समाजलाई सकारात्मक ढंगले चित्रण गरेको छ। अहिलेसम्म ११ लाख भ्युज हासिल गरिसकेको गीतलाई दर्शकले प्रशंसा गरिरहेका छन्। प्रेरणा सिंह र प्रशान्त सिवाकोटीको स्वर, किरण श्रेष्ठको नृत्य तथा भिडियोको भोजपुरी स्वाद चर्चाको विषय बनेका छन्।
गीत नेपाली भाषामा भए पनि भोजपुरी लवज र टिपिकल भोजपुरी शैलीको भिडियो फरकपनका कारण लोकप्रिय बनेको निर्माण पक्षको दाबी छ। पछिल्लो समयको ट्रेन्डअनुसार पूर्ण डान्सिङ नम्बर भएकाले दर्शकलाई आकर्षित गरिरहेको छ।
निर्माता नन्दु गैरेले “यो गीत हिट भएपछि फिल्म पनि सफल हुन्छ भन्नेमा ढुक्क छु” भन्दै आशा व्यक्त गरेका छन्। समीक्षकहरूले यो गीतले तराई र मधेसी समुदायलाई पनि फिल्मसँग जोड्ने सम्भावना रहेको टिप्पणी गरेका छन्।
नेपाली फिल्ममा तराईको कथा उपेक्षित भएको आलोचना भइरहेका बेला ‘अभिमन्यु’ ले तराईको जीवनशैली र पात्रलाई प्रस्तुत गरेको संकेत कन्टेन्टबाट देखिन्छ। यही कारणले यो फिल्म तराईमा समेत राम्रो चल्ने अपेक्षा गरिएको छ।
फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ भदौ २७ गते नेपालमा प्रदर्शनमा आउनेछ भने यसको हिन्दी भर्सन असोज ६ ९सेप्टेम्बर २२० देखि वर्ल्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जनाएका छन्। फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कन संघर्ष गर्ने व्यक्तिको कथा प्रस्तुत गर्ने बताइएको छ।