काठमाडौँ। ज्ञानेन्द्र देउजाको निर्देशन र निर्माणमा बन्ने फिल्म ‘झिँगेदाउ २’ को गीत रेकर्डिङ्ग सम्पन्न भएको छ। चर्चित गायिका शान्तिश्री परियार र गायक बसन्त थापाको स्वरमा गीत ‘आजलाई नाई नभन’ रेकर्ड गरिएको निर्माण टिमले जनाएको छ।
संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्जमा तयार गीतमा गायक थापा र पोखरेलले पहिलो पटक सहकार्य गरेका छन्। निर्देशक देउजा र गायिका परियारले अघिल्लो फिल्मको हिट गीतपछि पुनः सहकार्य गरेका हुन्।
निर्माण टिमका अनुसार दशैं–तिहारपछि फिल्मको छायांकन सुरु गरिनेछ। फिल्मको कथा पहिलो भागको सिक्वेल हुनेछ र मुख्य भूमिकामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्टसहित नयाँ कलाकारहरू पनि रहनेछन्।
कपनगढी सिनेमा प्रालिको व्यानरमा बन्ने फिल्ममा निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा छन्। ईश्वर घिमिरे प्रोडक्सन हेड, विष्णु कल्पित छायांकन, अर्जुन पोखरेल संगीत, रोशन श्रेष्ठ द्वन्द्व निर्देशन र मित्र डी गुरुङ सम्पादक छन्।
News Filmy Newsportal / Nepal