काठमाडौँ। फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जहाँ मुख्य पात्रहरूको अनुहारमा खुसी र तनाव दुवै झल्किएको छ। पोस्टरमा कामेश्वर चौरसियासहित शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी देखिन्छन्।
पोस्टरमा मोरङ जिल्ला कारागारसहित अर्को सरकारी कार्यालय पनि देखिएको छ। रङ संयोजनले फिल्ममा रहेको गंजागोल, तनाव र आँटको संकेत गर्छ। कथाले पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेका पात्रहरूको संघर्षलाई चित्रण गर्छ।
फिल्म भदौ २७ गते नेपाली भाषामा र असोज ६ (सेप्टेम्बर २२) मा हिन्दी संस्करण विश्वव्यापी रूपमा रिलिज हुँदैछ।
सुशान्त गौतमको निर्देशनमा तयार भएको यो डेब्यु फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन्।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। लेखन मुकेश खनाल, छायांकन शरद महतो, सम्पादन मदन घिमिरे, रंग संयोजन सुप्रिम पराजुली र भिएफएक्स मनोज श्रेष्ठले गरेका छन्।
News Filmy Newsportal / Nepal