आस्माको बोल्ड नृत्यसहित आस्थाको ‘कम्मरै मर्काएर’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको नयाँ डान्सिङ गीत ‘कम्मरै मर्काएर’ म्युजिक नेपालमार्फत सार्वजनिक भएको छ। यसले हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाँच्न सन्देश दिन्छ।

भिडियोमा कलाकार आस्मा विश्वकर्माको बोल्ड नृत्य छ। निर्देशन शान थापा र कोरियोग्राफी रोशन बिकको रहेको भिडियोमा ठूलो कोरस समूह समावेश गरिएको छ।

आस्था भन्छिन्, “यो गीत सदाबहार छ। तीजमा पनि कम्मर मर्काएर नाच्न मिल्छ। महिलालाई खुलेर जिउन र सुखी हुन प्रेरित गर्छ।”

Leave a Reply