कार्तिकमा आउने भनिएको कल्ली डबल ट्रिपलले बुक गरेको डेटमा पुग्यो : पोष्टर यस्तो निस्कियो

काठमाण्डौँ । आउदो कार्तिक ११ गते देखि प्रर्दशनमा आउने भनेर हल्ला गरिएको फिल्म कल्ली अन्तत : फागुन १ गते देखि प्रर्दशनमा आउने भएको छ ।

निर्माण टिमले फिल्मको दुई फस्टलुक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट हेरफेर भएको पुष्टी गरेको हो । यस अघि निर्माता किरण नेपालीले कल्लीलाई कार्तिक ११ गते नै प्रर्दशन गर्ने बताउँदै आएका थिए तर दशै तिहारको समयमा अत्याधिक फिल्म लाग्ने भएका कारण कल्ली यूनिटले रिलिज डेट हेरफेर गरेको हो ।


फाल्गुन १ गते देखि अशोक शर्माले बनाउँने भनिएको फिल्म डबल ट्रिपल पनि प्रर्दशन हुने भन्दै डेट बुक गरिएको छ । यध्यपी स्क्रिप्टको अन्तिम ड्राफ्ट रेडी नभएका कारण अशोक शर्माले आफ्नो फिल्मको सुटिङ सुरु गर्न सकिरहेका छैनन । तसर्थ यदि कुनै कारणबस अशोकको फिल्मको सुटिङ सुरु भईहालेमा फागुन १ मा डबल ट्रिपल र कल्लीको बक्स अफिसमा रोचक प्रतिष्पर्धा हुने छ । 

महेश दवाडीको लेखनमा निमार्ण भएको कल्लीलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन । जसमा सौगात मल्ल सहित बेनिषा हमाल, अर्पण थापा, उत्तम प्रधान, नाजिर हुसेन र सुलक्ष्ण भारती प्रमुख भूमिकामा छन ।

सार्वजनिक दुई पोस्टरमध्ये एक पोष्टरमा सौगात मल्ल बाघसँग एक्सन मुडमा देखिएका छन भने अर्को एक पोष्टरमा प्राय सवै प्रमुख कलाकारहरु फचर्ड छन । तर फिल्ममा यस फिल्ममा अभिनय गरेकी लोकप्रिय अभिनेत्री बर्षा राउत सहित प्रियना आचाय, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगर र बाल कलाकारहरु उपेश ढकाल, मञ्जिला बानिया र समर्पण खतिवडालाई भने पोष्टरमा समावेश गरिएको छैन ।