काठमाण्डौँ । यहि शुक्रबार देखि प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म नरसिंहा अवतारमा समावेश नयाँ गीत रिलिज भएको छ ।
अर्जुन पोखरेलको शब्द तथा संगीतमा निर्मित यो नयाँ गीत रोमान्टिक नम्बरको छ जसको शब्द र संगीत सुन्दर छन । गीतलाई न्याय गर्न भिजुअल प्रोडक्सन पनि उच्च तरिकाले तयार गरिएको देखिन्छ ।
गीतमा सनिषा भट्टराई र राज कटुवाल फिर्चड छन । माइकल अधिकारीको कोरियोग्राफीमा बनेको गीतमा सैराज खाती र मनिषा सुनारको युगल गायन छ ।
पछिल्लो समय राम्रो फिल्मी गीत निर्माण गर्न चुकिरहेका सफल संगीतकार अर्जुन पोखरलले यो फिल्ममा दुई गीत तयार गरेका छन । यस अघि सार्वजनिक गीत मेरी प्यारी छोरी टिकटकमा निकै रुचाईएको छ । युट्यबुमा भ्यूज कम भएतापनि टिकटकमा २० हजार भन्दा बढी यूर्जसले उक्त गीतमा टिकटक बनाएका छन । उक्त गीत निकै कर्णप्रिय र मर्मस्पर्शी छ ।
यो रोमान्टिक नम्बर पनि एक हद सम्म सुन्दर छ । यसमा अर्जुनका बल्कबष्टर गीतहरुको जस्तै राम्रो ट्यून र कलर छ । हेर्नुस गीत