काठमाडौं — हाल फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिभलमा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाहीले रेडकार्पेटमा आफ्नो उपस्थिति जनाएका छन्।
नेपाली समयअनुसार सोमबार बिहान, फ्रेन्च फिल्म ‘La Femme La Plus Riche Du Monde’ (Richest Woman in the World) को प्रिमियर समारोहमा उनीहरू सहभागी भएका हुन् ।
ग्राण्ड थिएटर लुमियरमा भएको प्रिमियरमा निर्देशक शाहीसँगै प्रदीप ब्ल्याक सुटमा विभिन्न पोजमा देखिए । रेडकार्पेटमा उनीहरूसँगै ‘एक्लो’ फिल्म टिमका अन्य सदस्यहरू पनि देखिएका थिए ।
प्रदीप कान्समा आफ्नो फिल्म ‘एक्लो’को प्रवर्द्धनका लागि पुगेका हुन्। यो फिल्म हाल Cannes Marketमा प्रदर्शन भइरहेको छ भने निर्देशक शाही Producers Networkमा पनि सहभागी छन्।