काठमाण्डौँ । अभिनेता समीर भट्टको दोश्रो फिल्म बलिदानको प्रि–टिजर सार्वजनिक भएको छ । समीरको २३ औँ जन्मदिनको अवसर पारेर आसुसेन फिल्मले बलिदानको प्रि- टिजर सार्वजनिक गरेको हो ।
सामान्यता प्रि टिजरको लम्बाई दश देखि ३० सकेन्ड भित्र नै निर्माण गर्ने गरिन्छ तर बलिदान यूनिटले भने ४२ सेकेण्डको टिजर निकालेको छ जहाँ समीरको क्यारेक्टर लुक देखि ,फिल्मको सेटअप र टोन बुझन सकिन्छ ।
फिल्मी भाषामा भन्नू पर्दा प्रि -टिजर भनेको फिल्मको मुख्य टिजर निकाल्नु भन्दा अगाडी सार्वजनिक गरिने एक दृश्यात्मक झलक हो जसले फिल्मप्रति दर्शकको चासो बढाउने काम गर्छ। यसलाई फिल्मको रिलिज डेट लक गरेपछि गरिने प्रचार प्रसारको पहिलो चरणको हिस्सा भनिन्छ ।
सन्तोष सेनको परिकल्पना तथा निर्देशनमा बनेको बलिदानको प्रि–टिजरमा विराज भट्टको पावरफूल भ्वाईस ओभर छ जहाँ समीरलाई मात्र फचर्ड गरेर देखाईएको छ । प्रि -टिजर हेर्दा फिल्मको क्यानभास भब्य रहेको अनुमान गर्न सकिन्छ ।
आगामी दसैँको फूलपाति देखि प्रर्दशनमा आउँने बलिदानको प्रि–टिजर रिलिजको पाँच घण्टामै युट्युबामा आक्रमक पर्फमेन्सका साथ दर्शक रिभ्यू बटुलिरहेको छ । पाँच घण्टामै टिजर ट्रेन्डिङ ३ मा उक्लिन सफल भईसकेको छ भने २५ सय कमेन्ट र डेढ लाख प्लस भ्यूज देखिदै थप आक्रमक प्रतिक्रिया बटुलिरहेको छ ।
News Filmy Newsportal / Nepal