काठमाण्डौँ । काफ्ले गीतका कारण अत्याधिक चर्चा बटुलिरहेको फिल्म ऊनको स्वीटरको ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन ।
मंगलबार साँझ काठमाण्डौँमा आयोजना भएको पत्रकार सम्मेलन र ऊनको स्वीटर साँझ वीथ सुजन चापागाई एण्ड दि ईन्फिनिटी कन्र्सट मार्फत सार्वजनिक गरिएको ट्रेलरलाई युट्युबमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका हुन ।
नविन चौहानको डेब्यू निर्देशनमा बनेको ऊनको स्वीटरको ट्रेलरले दर्शक प्रतिक्रिया राम्रो पाएसँगै युट्युबको शीर्ष स्थान तर्फ आफ्नो पाईला पनि अघि सारेको छ । रिलिजको २४ घण्टामा ट्रेन्टिङ टूमा प्रवेश गर्दै साढें ३ लाख भ्यूज र एक हजार भन्दा बढी कमेन्ट पाएको छ जहाँ अधिकाँश दर्शकले ट्रेलरको अत्याधिक तारिफ गरेका छन ।
विपिन कार्की र मिरुना मगर शीर्ष भूमिकामा रहेको फिल्ममा वील्सन विक्रम राई देखि लिएर अभिनेत्री परिक्षा लिम्बुका साथमा लोकप्रिय डान्सर मोडल एलिश विश्वकर्माले समेत अभिनय गरेका छन ।
ट्रेलर रिलिज सँगै मंगलबार साँझ काठमाण्डौँमा आयोजना गरिएको सांगितिक साँझमा गायक सुजन चापागाई र उनको साँगितिक समूहले शानदार कन्र्सट गरेको थियो जहाँ राजनितिक क्षेत्रका चिरपरिचित अनुहार देखि लोकप्रिय सञ्चारकर्मीहरुको सम्म सहभागिता थियो ।
ऊनको स्वीटर निर्माण गरेको कम्पनी आर्टमान्टू सिनेमाले दिएको जानकारी काठमाण्डौँमा आयोजना भएको कन्र्सट भन्दा पृथक र भब्य शैलीमा धरानमा पनि सुजन चापागाईका साथ ऊनको स्वीटर टिमले कन्र्सट गर्नेछ ।
यस फिल्मको मोफसल वितरण हेरेका वितरक तथा धरानमा रहेको एक मात्र फिल्म हल फ्रेन्डस सिनेमाका प्रमुख पुस्कर घिमिरेका अनुसार विश्व श्रमिक दिवसको अवसर पारेर ऊनको स्वीटर टिमले धरान रंगशालामा भोलि बैशाख १८ गते विहिबार साँझ भब्य कन्र्सट गर्दैछ । कन्र्सटबाट उठेको रकम मध्ये खर्च लागत कटौती गरी प्राप्त भएको सम्पूर्ण नाफाको रकम धरान उप महानगरपालिकालाई सहयोगार्थ हस्तान्तरण गर्ने कार्यक्रम छ।
News Filmy Newsportal / Nepal
