‘समर लभ’का आशिष पिया पुनः फिल्म अभिनयमा देखिने

काठमाण्डौँ ।   समर लभ  फिल्म मार्फत नेपाली रजतपटमा पाइला टेकेका अभिनेता आशिष पिया पाँच वर्ष पछि पुनः फिल्म अभिनयमा देखिने भएका छन । 

आगामी भदौ देखि नेपाल र अष्ट्रेलियामा छायांकन हुने फिल्म अमिगोसबाट  पुनः उनी रजतपटमा देखिन लागेका हुन । अष्ट्रेलियामा ७० प्रतिशत र बाँकी नेपालमा छायाँकन हुने पियाको अमिगोस  लाई मार्केन्डे डिपविम बस्नेत (मार्कु) ले निर्देशन गर्नेछन ।  मार्केन्डेले यसअघि ‘सौर्य’ र ‘द्रव्य’जस्ता सफल फिल्म लेखन र निर्देशन गरिसकेका छन्। लगभग एक दशकपछि उनी पनि यहि फिल्म मार्फत फिल्म निर्देशनमा  फर्किन लागेका हुन । यो फिल्म लभस्टोरी जनरामा बन्नेछ । फिल्मको टाइटल अमिगोस  स्पेनिश शब्द हो, जसको अर्थ हुन्छ “साथीहरू ।

 बिएस इन्टरनेसनल स्टुडियोको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको निर्माणमा विकास आचार्य पहिलोपटक हात हाल्दै छन्। सह–निर्माताको रूपमा सुरेन्द्र रावल जोडिएका छन्।

हाल निर्माण टिमले फिल्मका लागि दुई प्रमुख कलाकारहरूको खोजी गरिरहेको जानकारी दिएको छ। मुख्य अभिनेतामा आशिष पिया  पक्का भइसकेको भए पनि बाँकी एक अभिनेता र एक अभिनेत्रीको नाम केही दिनभित्र सार्वजनिक गरिने बताइएको छ।