अति राम्रो श्री बुकुरोको टिजर

काठमाण्डौँ । आमाको कथा, परिवारको समर्पण र घरको भावनात्मक कथा पस्किदै श्री बुकुरोको टिजर सार्वजनिक भएको छ ।

पूर्ण रुपमा फ्यामेली ड्रामामा आधारित फिल्मको टिजरमा अभिनेत्री लक्ष्मी गिरी आमाको भूमिकामा छिन र टिजरको न्यारेशन पनि उनले सुन्दर ढंगमा गरेकी छिन ।  टिजरमा उनले प्रस्तुत गरेको न्यारेशन हृदयस्पर्शी छ, शब्द चयन, भिजुअल मोन्टाज, र उत्कृष्ट ब्याकग्राउन्ड स्कोर ले यसलाई अझै प्रभावशाली बनाएको छ। तसर्थ नलम्बाई भन्नू पर्दा पर्दा यो टिजर अति राम्रो बनेर निस्किएको छ भन्दा फरक नपर्ला । 

सुदीप भूपाल सिंहको कथा तथा निर्देशनमा बनेको यस फिल्ममा आर्शिवाद क्षेत्री नायकको भूमिकामा छन्। साथमा, राजन ईशान, रोशनी कार्की, निकिता आचार्य, प्रतिकराज न्यौपाने, दिपिका थापा लगायतका कलाकारको दमदार उपस्थिति देख्न सकिन्छ।

हेर्नुहोस् टिजर: