काठमाडौं – नेपाली फिल्म उद्योगमा फाल्गुन १४ चुनौतीपूर्ण मिति बन्ने देखिएको छ। यो दिन लाज शरणम, फेरीरेशम फिलिली र मायावी गरी तीन ठूला फिल्म एकसाथ प्रदर्शन हुँदैछन्। तर प्रचार-प्रसारदेखि कानुनी मुद्दाका कारण यी फिल्महरू आफ्नो अपेक्षित गन्तव्यसम्म पुग्न चुनौतीको भूमरीमा फसेको देखिन्छन्।
फिल्म लाज शरणम ले सुरुवातदेखि नै दर्शकमाझ ठूलो उत्सुकता जगाएको थियो। टिजर र ट्रेलरले सामाजिक सञ्जालमा राम्रो चर्चा पायो । फिल्मको विषयवस्तु आकर्षक निस्कियो, तर अचानक कानुनी विवादले सबैभन्दा ठूलो झड्का दियो। फिल्मका एक मुख्य पात्रले राजनीतिक बृत्तका एक नेताको अवारण लाई दुरुस्तै उतारिएको आरोप लागेपछि यसविरुद्ध मुद्दा दायर भयो।
यो विवादले फिल्मको प्रचारमा गम्भीर असर पार्यो। युट्युबमा सार्वजनिक गरिएका टिजर र ट्रेलर प्राइभेट गरिए, जसले दर्शकको जिज्ञासा त बढायो, तर प्रचारलाई अवरुद्ध गरिदियो। सक्किगोनी जस्तो चर्चित सिरियल मार्फत फिल्म प्रवर्द्धन गर्ने योजना अनुरुप एपिसोड पनि तयार भएको थियो तर अदालतले प्रचार प्रसार समेत नगर्न अन्तिरम आदेश दिएका कारण सो एपिसोड नै रोक्नु पर्यो अवस्था आईपर्यो । यो सबैले गर्दा, लाज शरणम निर्धारित मितिमा रिलिज हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्न थालेको छ।
फेरी रेशम फिलिली : पहिलो फिल्मको जादु दोहोरिएला ?
यसै गरी फाल्गुन १४ मै रिलिज हुन लागेको अर्को फिल्म फेरी रेशम फिलिलीले कानुनी झमेला नभोगेतापनि प्रचार प्रसारको र हाइपको अभावमा रुमल्लिरहेको छ । जसरी कमेडी र मनोरञ्जनको नयाँ आयाम थप्ने योजनाका साथ यसको गीत र ट्रेलर सार्वजनिक भएका छन त्यसरीनै यो फिल्मको कन्टेन्टले बजारमा हंगामा मच्चाउन सकिरहेको छैन । भरपूर स्टाईलिष्ट तरिकाले उत्कृष्ट मेकिङका साथ ट्रेलर सार्वजनिक भएतापनि फिल्मको ट्रेलरलाई युट्युबमा दुई दिनमा जम्मा दुई लाख मात्र भ्यूज प्राप्त भएको देखिन्छ । यो भ्यूज रेशम फिलिली जस्तो चर्चित ब्रान्डका लागि डजास्टर भ्यूज हो ।
यति ठूलो फिल्मका लागि यस्तो प्रतिक्रिया उत्साहजनक मानिँदैन। यद्यपि, पारी त्यो डाँडामा को रिमेक गीतले ४२ लाख भ्यूज बटुलेर केही आशा चाँहि जगाएको छ । यध्यपी समग्र फिल्मको प्रचारप्रसार अझै कमजोर छ, र फिल्मले दर्शकलाई हलसम्म तान्न सक्नेगरी ‘बज’ क्रिएट गर्न अझै सकिरहेको छैन ।
मायावी : पल शाहको व्यस्तता, फिल्मको कमजोर प्रचार
यसैगरी मायावी पनि यहि डेटमा आउँने तयारीका साथ प्रचार प्रसारमा उत्रिएको छ तर विडम्बना फिल्मका मुख्य अभिनेता पल शाह मोहरको सुटिङमै व्यस्त छन । उनले आफ्नो सामाजिक सञ्जालबाट फिल्मको पब्लिसिटी गरिरहे पनि फिल्म निर्माण यूनिटलाई मिडिया समान्नु अन्य कलाकारहरुको भरमा पब्लिसिटी गर्न बाध्यात्मक परिस्थिती देखिएको छ ।
मायावीको ट्रेलरको पनि एक हद सम्म चर्चा त छ , डाइलग हरु पनि रुचाईएका छन तर मार्केट रिभ्यू गर्दा यो फिल्मको पनि हाइप अपेक्षित भईरहेको छैन । फिल्मको गीतहरुले पनि त्यस्तो ठूलो हंगामा मच्चाउँन सकेका छैन । भजन मोडलको नयाँ गीत आज रिलिज गरेर समाचारमा आफ्नो स्थान कायम राखिराखेतापनि मायावीको चर्चा जति हुनु पर्ने हो त्यति भईरहेको छैन ।
डेन्जर जोनमा तीन फिल्म
फाल्गुन १४ नेपाली फिल्म उद्योगका लागि ठूलो परीक्षा बन्ने देखिन्छ। लाज शरणम कानुनी संकटमा फसेको छ, रेशम फिलिली ले र मायावी को चर्चाले फिल्मी मार्केट राम्रोसँग तताएको छैन ।
अब, बाँकी रहेका केही दिनहरूमा यी फिल्महरूले कसरी आफ्नो प्रचारलाई अघि बढाउँछन् भन्ने कुरा नै निर्णायक बन्नेछ। कुनै फिल्म विवादबाट मुक्त हुन खोज्दैछ, कुनै फिल्म आफ्ना गीत-संगीतमार्फत दर्शकलाई हलसम्म तान्ने प्रयास गरिरहेको छ, त कुनै मुख्य अभिनेता नै प्रमोशनमा उपस्थित हुन नसक्दा कमजोर देखिएको छ।
तसर्थ विविध समस्याका वावजुत यी फिल्महरूले दर्शकको मन जित्न सफल हुनेछन्, वा फाल्गुन १४ नेपाली फिल्म उद्योगका लागि डेन्जर जोन बन्नेछ ? प्रश्नै प्रश्न उब्जिरहेको छ ।
News Filmy Newsportal / Nepal