काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर समेत रहेका र्यापर बालेन साहले लाज शरणम फिल्मका लागि बनाएको प्रोमोश्नल गीतले राम्रो चर्चा बटुलेको छ ।
बालेनकै युट्युब च्यानल मार्फत सार्वजनिक ह्याप गीतको सुरुवाती लाइन म नेपाल हाँसेको हेर्न चाहन्छु टिकटक देखि फेसबुक रिल्स तिर समेत ज्यादा रुचाईएको छ ।
रिलिज भएको एक घण्टामै बालेनले आफ्नो सामाजिक सञ्जालमार्फत गीत शेयर गरेपछि यसको भ्यूजमा उल्लेखनीय उछाल आयो। बालेन क्रेजको साइड ईफेक्टका कारण एकै घण्टामा युट्युबको ट्रेन्डिङ को सूची मा प्रवेश गर्दै गीतले १९ घण्टाभित्रै म्यूजिक सेक्सन मा शीर्ष स्थान समेत ओगटिसकेको छ । यो गीत नेपाल बाहेक अस्ट्रेलियामा, युएई, कतार , माल्टामा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा पनि देखिएको छ ।
बालेनका फेसबुक पेजमा २२ लाख फलोअर्स छन्, जसले उनको पोस्टहरू तुरुन्तै भाइरल बनाउन मद्दत गर्छ। उनले गीत शेयर गरेसँगै यसको भ्यूज तीव्र गतिमा बढ्दै गयो। २० घण्टाभित्रै गीतको भ्यू ८.५ लाख नाघनुका साथै बालेनको युट्युब च्यानलमा सब्सक्राइबर पनि उल्लेखनीय वृद्धि भएको छ ।
फाल्गुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको लाज शरणम को यो दोस्रो प्रोमोशनल गीत हो। पहिलो गीतले अपेक्षाकृत सफलता हासिल नगरेपछि, टिमले पाँच दिनको अन्तरालमै बालेन साहको र्याप गीत सार्वजनिक गर्ने निर्णय गरेको स्पष्ट बुझिन्छ । तसर्थ रातारात सुटिङ गरेर बालेनको गीत माथि भिडियो तयार गरेर लाज शरणम टिमले यो गीत निकाल्दा टिमले चर्चा पाएको हो भन्दा फरक नपर्ला ।
तर विडम्बना चाँहि के छ भने यो भिडियोको मेकिङ पूर्ण रुपमा अझै अपेक्षित हैन । र्याप बाहेकका सवै पक्ष राम्रा छन तर र्याप हान्ने मामलामा कलाकाहरुको प्रस्तुती बोल्ड छैन । यध्यपी बालेनको क्रेजका कारण यो भने गीतले चर्चा भने बटुलिरहेको छ जसले लाज शरणम लाई थप प्रचारको अवसर दिएको छ। हेर्नुस गीत
News Filmy Newsportal / Nepal