कान्छी छोरीलाई हिरोइनमा डेब्यू गराउँदै तुलसी घिमिरेले सुरु गरे पहाडको छायाँकन

अनुप भट्टराई

काठमाडौँ । नेपाली दर्शकका लागि थुप्रै कालजयी फिल्म दिएका निर्देशक तुलसी घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमीलाई हिरोइनका रूपमा डेब्यू गराउँदै नयाँ फिल्म पहाड को छायाँकन सुरु गरेका छन्। गोरखा दरबारमा भव्य शुभमुहूर्त गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो।

शुभमुहूर्त समारोहमा प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलको ‘एक्सन ’  सँगै, गोरखा समन्वय प्रमुख मोहन बहादुर थापाले क्ल्याप हानेर, नगर प्रमुख कृष्ण बहादुर राना मगरले नरिवल फोडेर र उपप्रमुख मसली माया थोकरले क्यामेरा स्वीच अन गर्दै फिल्मको मुहूर्त गरिएको थियो जहाँ मदनकृष्ण श्रेष्ठ , पञ्चमी र अरुणले मात्र मुहूर्त सर्ट दिएका थिए । केही दिनमा सुटिङ सेट जोइन गर्ने भएका कारण मूहूर्त समारोहमा विपिन कार्की र सुनील थापा चाँहि देखिएका थिएनन ।

पञ्चमीको अपोजिटमा अभिनेता अरुण क्षेत्री मुख्य भूमिकामा छन्। त्यस्तै, फिल्ममा विपिन कार्की र रेनु नाथ योगी रोचक जोडीका रूपमा देखिँदैछन् भने सुनील थापासँग आशा पौडेलको जोडी बुनिएको छ ।  मदनकृष्ण श्रेष्ठ फिल्ममा एक सकारात्मक भूमिकामा प्रस्तुत हुँदैछन्।  यि बाहेक फिल्मका प्रोडक्सन हेड समेत रहेका अरुण रेग्मी, रविन्द्र सिंह वानिया, अंकित खड्का, सलोना बज्राचार्य, रेहाना केसी, सार्थक लकान्द्री, गोविन्द सुनार, नीवन राई र स्थानीय कलाकार नेहा श्रेष्ठको समेत अभिनय रहनेछ।

बुवाकै फिल्मबाट डेब्यू गर्नुलाई पञ्चमीले विशेष संयोग मानेकी छिन्। उनले आफूले अन्य ब्यानरबाट आएका अफरहरू स्वीकार गर्न नसक्नुको कारण कारण पढाइ र अनुभव पूरा नभएको बताइन्। उनले भनिन्, “पहाडको कथा सुनेपछि म आफैंले बाबालाई यो रोल म गर्छु भनेकी थिएँ। त्यसैले यो फिल्मबाट डेब्यू गर्ने संयोग जुर्यो।”

तुलसी घिमिरेले आफ्नी छोरीलाई बाहिरी ब्यानरबाट पहिलो फिल्म खेल्न नदिएको खुलाउँदै भने, “छोरीका कमजोरी र बलियो पक्ष सबैभन्दा राम्रो मलाई नै थाहा छ। त्यसैले  उसलाई  पूर्ण हिरोइन बनाएर मात्र अन्य फिल्ममा खेल्न दिनेछु।”

दिईएको जानकारी अनुसार २५ दिन सम्म गोरखाका आसपामा छायाँकन सकेर सात दिन काठमाण्डौँ र करिब दश दिन भारतको मुम्बईका विभिन्न लोकेशन सहित फिल्मस्थान स्टूडियोमा पुगेर पहाडको छायाँकन सकिनेछ । फिल्ममा रंजित गजमेरका चार वटा गीत समावेश हुनेछन । ३ करोड ५० लाखको बजेटमा बन्न लागेको यो फिल्मलाई ३४ बर्षपछि पुन : सहकार्य गर्दै प्रमोद प्रधानले खिच्दैछन जसले तुलसी घिमिरेका अन्याय, चिनो र दक्षिणा फिल्म खिचेका थिए । तपाईहरुलाई  किन यत्रो बर्ष लाग्यो फेरी संगै काम गर्न भनेर न्यूज फिल्मीले प्रश्न गर्दा “खै मलाई तुलसीले भन्दै भनेन”  भनेर प्रमोदले हाँस्दै प्रतिक्रिया दिएका छन भने तुलसीले ”नेपाली बजेटले प्रमोदलाई प्रस्ताव गर्न अप्ठयारो हुने भएकाले हिम्मत गरेको थिईन तर यस पटक हिम्मत गरे अनि उसले मान्यो फेरी ।” भन्दै जवाफ दिएका छन ।

फिल्म निर्माणमा परिवारकै महत्त्वपूर्ण भूमिका रहेको छ। तुलसी घिमिरेकी श्रीमती भारती घिमिरे पहाड की क्रिएटिभ डाइरेक्टरका रूपमा रहेकी छिन् भने उनकी जेठी छोरी भावना घिमिरे प्रोडक्सन डिजाइनरको जिम्मेवारीमा छन्।

फिल्मको मेकअप आर्टिस्ट रिता बलामी हुन् भने हेयर ड्रेसरमा विनु खड्गीले काम गर्दैछिन्। महेश बराल, शंकर कोइराला र सदीप देवान असिस्टेन्ट डाइरेक्टरका रूपमा छन् भने दिलीप पन्त प्रोडक्सन म्यानेजरको भूमिकामा छन्।

मदनकृष्ण, र अरुण क्षेत्रीको पहिलो सर्ट लिदै सुटिङ सुरु गरिएको पहाडमा तुलसी घिमिरेको श्रीमती भारती घिमिरे क्रिएटिभ डिरेक्टरका रुपमा देखिएकी छिन भने जेठी छोरी भावनाले प्रोडक्सन डिजाइनरको भूमिका निर्वाह गरिरहेकी छिन ।  छोरी  पञ्चमी नेपाली फिल्मको हिरोइन बन्ने पक्का भएपछि भारती मूहुर्त समारोहमा भक्कानिएकी थिईन ।

फिल्ममा रिता बलामी मेकअप आर्टिष्टका रुपमा अनुबन्ध भएकी छिन भने हेयर ड्रेसरमा विनु खड्गी, असिस्टेड डिरेक्टरका रुपमा क्रमश एडीमा महेश बराल, शंकर कोइराला र सदीप देवान छन भने प्रोडक्सन म्यानेजरमा दिलिप पन्त छन । फिल्मको निर्माताहरुमा ओजस्वी केसी र सुरेश लामा र रिम्पुच्छे थिङ रहेका छन । 

मुहूर्त समारोहमा अतिथि बनेर आएका सरकारी व्यक्तित्वहरुले पर्यटन बर्षको अवसरमा गोरखामा छायाँकन गर्न आएको तुलसी घिमिरेको पहाड यूनिटलाई छायाँकनलाई सहजीकरण गर्न हरेक प्रकारका आर्थिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।