छोरीका साथ जल शाह आइन नेपाल : काभ्रेका विद्यार्थीलाई सहयोग गर्दै कलश

काठमाण्डौँ । विवाह पश्चात अमेरिका बस्दै आएकी लोकप्रिय अभिनेत्री जल शाह दुई बर्ष पश्चात नेपाल आएकी छिन । २० दिनको सेड्यूल निकाल्दै नेपाल आएकी उनी यो पटक पनि छोरी कलशका साथ देखिईन ।

अघिल्लो पटक नेपाल आउँदा विभिन्न मिडियामा अन्र्तवाता दिने देखि लिएर छोरी कलशको शिक्षा फाउन्डेशनले गरेका केही सामाजिक काममा समेत व्यस्त देखिएकी जलले यस पटक पनि त्यस्तै केही योजना रहेको बताएकी छिन ।

मंगलबार साँझ काठमाण्डौँ ओर्लिएकी जलले त्रिभूवन विमानमस्थलमा न्यूज फिल्मी टिमसँग कुरा गर्दै भनेकी छिन ‘खासमा बाबु (कलश) को चाहनाले गर्दा यस पटक हामी छोटो समयका लागि नेपाल आएको हो । किन कि उसले जति खेर पनि नेपाल जाउ, केही गरौँ भनिराख्छ त्यसैले यसपालि केही महत्वपूर्ण योजना सहित हामी नेपाल आएका हौँ ।’

जलका अनुसार छोरी कलशले सुरु गरेको शिक्षा फाउन्डेशनले काभ्रेको चौंरी देउराली गाउँपालिकाका ४ वटा स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री , कपडा तथा खानेकुराहरु वितरण गर्ने कार्यक्रम छ जसको व्यवस्थापनको चाजोपाजो रमाइलो छ मिडियाका उत्सव रसाइलीले गरेका छन । आगामी सोमबार राखिएको उक्त कार्यक्रम हुने गाउँ सञ्चारकर्मी उत्सवको गाउँ हो रे ।

जल कि छोरी १६ बर्ष पुग्न लागिन । अबको केही बर्ष भित्रमा नेपाली फिल्म नगरीमा प्रवेश गर्ने योजनामा समेत रहेकी कलशलाई सानै देखि सामाजिक कार्यमा  यसपालि काभ्रेका विद्यार्थीहरुलाई सहयोग गर्ने योजना सहित उनी छोरीका साथ नेपाल आएकी हुन ।

(दुई बर्ष अघि नेपाल आउँदा जल शाह र उनको परिवारसँग गरिएका विभिन्न अन्र्तवार्ताहरु)