काठमाण्डौँ । विवाहले करिअरमा ब्रेक लगाउला भन्ने डर प्राय महिलामा हुन्छ । अझ विवाह पछि सन्तानको आगमनले झन ठूलो ब्रेक लाग्ला कि भन्ने जोखिम पनि त्यतिकै बढेको देखिन्छ ।
तर नेपाली फिल्म ईन्डष्ट्रीका महिला कलाकारहरुको हकमा भने यो डर र भनाई सत्य सावित भएनन । बरु विवाह पछिनै धेरै जसो कलाकारहरुको करिअर चम्किलो भईदियो । सन्तान आगमन पछि अझ रोचक ।
हिजोको दिनमा करिश्मा मानन्धर, रेखा थापा , झरना थापाहरु विवाह पछि नै फिल्म नगरीमा जम्न पुगे । नयाँ तर्फ स्वस्तिमा खड्का विहे पछि नम्बर वान हिरोइन नै भईन । यता एक से एक हिट फिल्म दिएकी बर्षा राउतको करिअरको के कुरा गर्नु संजोग कोइरालासँग बिहे गरे पछि उनको करिअरले शिखर नै चुमिदियो । यता अर्की हिरोइन आँचल शर्माको फिल्मको संख्या विहे पछि नै बढ्यो । उनी पनि सर्वाधिक व्यस्त हिरोइनको लिष्टमा पर्छिन ।
उता प्रियंका कार्कीले जस्तो विहे र सन्तान आगमनको सेलिब्रेशन शायदैले गर्लान । गाली खाएर भएपनि प्रियंकाकले दर्शकसँग कुनै पनि पलमा आफ्नो सामिप्यता कम हुन दिईनन । युट्युबमा अन्र्तवार्ता गरेर भएपनि उनको क्रेज कायम रहेको देखियो । विहे पछि र सन्तान प्राप्ती पछि पनि प्रियंकाको विजि सेड्यूलमा एक प्रतिशत पनि कमि आएको देखिएन ।
यसैगरी केकी अधिकारीलाई विहे नै फपेर होला यो बर्ष बल्कबष्टर फिल्म दिईन । त्यसैगरी अभिनेत्री सुरक्षा पन्तको करिअरको ग्राफलाई पनि विवाहले छेकेको छैन । विवाह पछि पनि उनको हातमा फिल्मनै फिल्म देखिएको छ ।
त्यस्तै अर्की अभिनेत्री ऋचा शर्माको हकमा पनि विहे र सन्तान फलदायी भईदियो । उनको करिअर झन झन मौलायो । दोहर्याएर कमेडी च्याम्पिनको जज देखि अहिले एक्टिङ स्टारको जज बन्दा समेत उनको फिल्मको संख्या घटेको छैन । यो बर्ष उनीद्धारा अभिनित डिग्री माइला रिलिज भईसकेको छ भने सारंग यहि माघ २५ गते र पुजा सर- राजागंज चैत्र १ गते देखि लाग्दैछ । यो बर्ष ऋचाले दीपेन्द्र के. खनालको फिल्म मेयरमा पनि विशेष चरित्रमामा काम गर्ने मौका पाएकी छिन जुन फिल्म रिलिजको क्रममा छ । त्यसैगरी अर्को बीग बजेटको बलिदानमा त उनी जहाँ जहाँ समीर भट्ट छन त्यही त्यही दर्विलो भएर देखिएकी छिन रे ।
त्यसैगरी वास्तविक घटनामा बनाईएको ऐतिहासिक कथा बोकेको अर्को फिल्म विमानमा पनि उनको रोल अझ विशेष छ । उनले यो फिल्मको सुटिङ सकेको केही दिन मात्र भयो ।
यसैगरी न्यूज फिल्मीलाई प्राप्त जानकारी यो बर्ष ऐतिहासिक व्यापार गरेको फिल्म पूर्ण बहादुरको सारंगीका निर्देशक सरोज पौडेलले बनाउन लागेको नयाँ फिल्म कोशेढुंगामा पनि ऋचाले खेल्ने अबसर प्राप्त गरेकी छिन ।
बताइए अनुसार कोशेढुंगाको विशेष चरित्रका लागि ऋचाले आजै सम्झौता गरेकी हुन । फाल्गुन पहिलो २ गते देखि फ्लोरमा जान लागेको कोशेढुंगामा अब आर्यन सिग्देल, प्रविण खतिवडा,सुरक्षा पन्त र नीति शाहका साथमा ऋचालाई पनि कलाकारहरुको मुख्य लाइनअपमा देख्न पाईने छ ।