आमा सम्झाउने जुनाको मर्मस्पर्शी गीत सार्वजनिक

काठमाण्डौँ । माघ २५ गते देखि प्रर्दशनमा आउँने फिल्म जुनामा समावेश मर्मस्पर्शी गीत सार्वजनिक भएको छ ।

आमाको सम्झनामा छोरीको विलौना पस्किएको गीत कर्णप्रिय छ । गीतमा श्रीमानको घरमा एउटी चेलिले पाएको बेदना प्रस्तुत गरिएको छ । अडियो भिजुअल दुवै पक्षमा सवल गीत भएका कारण जुनाको यो गीत निर्माण प्रक्रिया न्याय संगत देखिएको छ । फिल्मले जस्तो कथा बोकेको हो त्यस्तै प्रकृतिको गीत निकालेको देखिन्छ ।

जीवन रसाईलीको निर्देशनमा बनेको जुनामा अस्मिता ढकाल शीर्ष भूमिकामा देखिएकी छिन । आमाको भूमिकामा रश्मि भट्ट र बुवाको भूमिकामा देशभक्त खनाल छन ।  गीतलाई निर्देशक सेन्चुरीले लेखेका हुन भने गायन यदु राई लकान्द्री र संगीत रमेश सेन्चुरीको भरेका हुन । हेर्नुस गीत