काठमाण्डौँ । सञ्चारकर्मीका रुपमा ज्यादा परिचित रहेका फिल्म निर्देशक भूषण दाहाल , कलाकार रविन्द्र खड्का र क्यू.एफ.एक्स . सिनेमाजका सञ्चालक नकिम उद्धीनका छोराहरुको फिल्मी उडान एकै साथ सुरु भएको छ ।
यहि माघ ११ गते देखि रिलिज हुन लागेको फिल्म ‘केटी हराएको सूचना’को निर्माणमा यि तीन हस्तीका छोराहरुले एउटै पोर्टफोलियोमा रहेर फिल्म निर्देशनमा सघाए ।
उनीहरुले निर्देशक दीपेन्द्र गौचनको असिस्टेन्ट डाइरेक्टर भएर काम गरे । गौचनले पनि यि तिन जनालाई एउटै श्रेणीको असिस्टेन्ट डाइरेक्टरका रुपमा स्थान दिए । यता फिल्म प्रोडक्सन कम्पनी ट्राई सिटीले उनीहरुको लगनशिलता लाई थम माँझनका लागि ९० मिनेटको एन्थोलोजी फिल्म ‘आर्टिष्ट’ निर्माण गरिदिने भएको छ । पेन्टर, पोयट र ड्रामा तीन सब्जेटलाई यि तिनै जनाले ३० मिनेटको टाइम फ्रेममा बनाउँनु पर्ने छ । तीन मध्ये दुईले निर्देशन र अर्का एकले कलाकारका रुपमा काम गर्दैछन ।
एन्थोलोजी फिल्म भनेको विभिन्न स–साना कथाहरू वा खण्डहरू मिलेर बनेको फिल्म हो। यी खण्डहरू अलग-अलग विषयवस्तु, पात्र वा कथावाचन शैलीमा आधारित हुन्छन । प्रायः,यी फिल्महरूलाई फरक-फरक निर्देशकहरूले निर्देशन गरेका हुन्छन्, तर सबै खण्डहरूले कुनै साझा विषयवस्तु, भावना, वा सन्देशलाई जोड दिएको हुन्छ । उदाहरणका लागि भारतमा निर्माण भएको लष्ट स्टोरी लाई हेरे पुग्छ । जुन नेटफिल्क्समा छ ।

भूषण दाहालका छोराको नाम आर्जभ दाहाल हो । उनी उमेरले २३ बर्षका छन । हाल युलियन्स स्कूलमा (IB) इन्टरनेशनल ब्याकलोरिएट पढिरहेता पनि सानै देखि फिल्म मेकिङमा रुचि रहेका कारण आर्जभले बुवाको पदछाप पछ्याउँदै यो बर्ष देखि फिल्म नगरीमा पाईला सुरु गरेका हुन । आर्जभले ट्राईसिटीले निर्माण गर्ने एन्थोलोजी फिल्म ‘आर्टिष्ट’मा ड्रामा सेक्सनको फिल्मलाई निर्देशन गर्नेछन ।
यसैगरी नेपालको सवै भन्दा धेरै सिनेमा हलको चेन रहेको क्यू एफ.एक्स सिनेमाजका प्रमुख नकिम उद्धीनका छोराको नाम ओबेद उद्धीन हो । उनी अहिले २८ बर्षका भए । २०२१ मा अमेरिकाको क्यालिफोर्नियामा स्टेट अफ लङ बीचबाट फिल्म डाइरेक्सनमा व्याचलर गरेका ओबेदले यस अघि १२ मिनेटको लेट नाइट नामक सर्ट फिल्म बनाईसकेका छन ।
ओबेदले बनाएको सर्ट फिल्म लेट नाइटले लाइटहाउस ईन्टरनेशनल फिल्म फेस्टिभलमा, लिफ्ट अफ सेसन र छैठौं नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेस्टिभलमामा सेमी फाइनालिष्ट भएर सहभागी समेत भईसकेका छन । निकट भबिष्यमा फिचर फिल्मको डारईक्टरको रुपमा डेब्यू गर्ने तयारीमा रहेका ओविडले ट्राईसिटीले निर्माण गर्ने एन्थोलोजी फिल्म आर्टिष्टमा पेन्टर सेक्सनको फिल्मलाई निर्देशन गर्नेछन ।
यसैगरी कलाकार तथा अभिनेता रविन्द्र खड्काको छोराको नाम अरविन्द्र खड्का हो । यहि माघ २५ मा उनी २८ बर्षमा टेक्दैछन । सात बर्ष अमेरिका बसेर नौँ महिना अघि नेपाली फिल्म ईन्डष्ट्री मै केही गर्छु भनेर फर्किएका अरिवन्द्रले मास्र्टस सम्मको पढाई गरेका छन ।
सानोमा बुवा रविन्द्रले बनाएका टेलिफिल्म दशैंको टीका, दशैंको मिलन र झिल्के कान्छमा बाल कलाकार भएर समेत अभिनय गरिसकेका अरिवन्द्र विश्व सिनेमाको सम्पूर्ण गतिविधिलाई गुगल जसरी व्यक्त गर्ने खुबी राख्दछन । म आफैलाई थाहाँ छैन उसका फिल्ममा यति धेरै रुची रहेछ भनेर ।
त्यसैलै नेपालमै केही गर्छु भनेर बसाई त्यागेर आएको छ हामीले सपोर्ट गर्ने पर्यो नि । बुवा रविन्द्रले न्यूज फिल्मीसँगको कुराकानीमा भनेका छन । अरविन्द्रले ट्राईसिटीले निर्माण गर्ने एन्थोलोजी फिल्म आर्टिष्टमा भने पोइट सेक्सनको फिल्ममा अभिनेताका रुपमा अभिनय गर्दैछन । फिल्मलाई धिराज राजंवशीले निर्देशन गर्दैछन जो केटी हराएको सूचनाको अर्का सहायक निर्देशक हुन ।
( आर्टिष्टको पोइट सेक्सनमा अरविन्द्रले अभिनेताका रुपमा काम गर्नेछन हुनपर्नेमा अन्यथा भएकाले सच्याईएको छ । स.)
News Filmy Newsportal / Nepal
