रोना धोनाले भरिएको जुनाको टिजर रिलिज

काठमाण्डौँ । च्यारिटी शोमा फिल्म हेरेका दर्शक रोएर बेहोस नै भए भन्दै प्रचार प्रसार गरिएको फिल्म जुनाको टिजर सार्वजनिक भएको छ ।

आगामी माघ २५ गते देखि प्रर्दशनमा आउँन लागेको फिल्ममा बाल विवाह पछि त्यसले उत्पन्न गराउँने परिस्थितीलाई मार्मिक ढंगले भन्न खोजिएको सार्वजनिक टिजरमा देख्न सकिन्छ ।

टिजरमा पनि रोना धोना सिन भरिपूर्ण छ । जुनाको मुख्य भूमिकामा खेलेकी कलाकार अस्मिता ढकालले बोलेका सम्बादहरुले मन कटक्क खान सक्छ ।

जीवन सेन्चुरीले निर्देशन गरेको यस फिल्ममा अस्मिता ढकाल, सहित कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ । हेर्नुस टिजर