बैशाख १२ मा सुरक्षाको ‘खेल ‘ पनि हेर्न पाईने

काठमाण्डौँ। बौद्धिक अभिनेत्रीका रुपमा परिचित सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म खेल २०८२ साल बैशाख १२ गते देखि हेर्न पाईने भएको छ । 

रहस्य र थ्रिलरले भरिएको यो फिल्मको कथा चार जना साथीहरूको विद्यालय जीवन र तिनले सामना गरेका डरलाग्दा घटनाहरू वरपर घुम्छ।

सुरक्षा पन्तले  होस्टेलमा बस्ने साथीहरूको टिम लिडरको भूमिका निर्वाह गरेकी छिन्। अध्यात्मसँग जोडिएको खेलले उनीहरूको जीवनमा ल्याएको परिवर्तन फिल्मको मुख्य विषय रहेको बताईएको छ । 

फिल्मलाई बलिउडमा सह निर्देशनको अनुभव भएका अनुराग प्रधान र नेपाली निर्देशक आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन्। सुरक्षा सहित हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम र निकिता आचार्यले यसमा प्रमुख भूमिका निर्वाह गरेका छन्। 

तर दर्शकले थाहाँ पाउनु पर्ने कुरा चाँहि के छ भने बैशाख १२ को  डेटमा खेल मात्र लाग्ने छैन । यो मितिमा हरिवंश आचार्यको फिल्म ‘भूठान’ पनि रिलिज हुँदैछ। तसर्थ यी दुई फिल्मको भिडन्त कुन रुपमा हुने हो प्रतिक्षाको बिषय बनेको छ ।