काठमाण्डौँ । लोकप्रिय अभिनेता सलोन बस्नेतले निर्माण गरेको फिल्म रंगीको पहिलो गीत सार्वजनिक भएको छ ।
दुर्गेश थापाले बनाएको यो गीतमा पाश्र्व गायनका लोकप्रिय हस्ती गायक आनन्द कार्कीको साथमा नव गायिका सुजता केसीको युगल गायन छ ।
९० को दशकको झल्को दिने गरी तयार गरिएको यो गीतबाट गायक कार्कीले ८ बर्षपछि पाश्र्व गायनमा कमव्याक गरेका हुन । कार्कीले ८ बर्ष अघि प्रर्दशन भएको लक्ष्मण सुवेदीको फिल्म एउटा साथी छ को खाली थियो मन बोलको गीतमा आवाज भरेका थिए तशपश्चात फिल्मी गायनबाट टाढिएका उनलाई दुर्गेशले रंगी मार्फत पाश्र्व गायनमा कमब्याक गराएका हुन ।
रंगीको गीतको कलर पूरानो प्यार्टनको छ , पहिले पहिले नै सुनेका गीत जस्तो तर गीत सुन्दा रमाईलो र डान्सिङ प्यार्टनको छ । प्रोमोशन राम्रो भएमा यो गीत शत प्रतिशत मार्केटमा हिट हुने दावी गर्दछौँ हामी ।
कविराज गहतराजको कोरियोग्राफीमा तयार गीतमा फिल्मका मुख्य अभिनेता सलोन बस्नेत सहित दीलिप रायमाझी, बाल कलाकार आयुषी ढकाल सहित नव नायिका नम्रता श्रेष्ठ लगायतका कालकार फिर्चड छन । मिस नेपाल २०२० की विजेता समेत रहेकी नम्रता पछिल्लो समय कमेडी दरबार रियालिटी सोकी होस्ट बनेर ज्यादा परिचित छिन । तर यो गीतको समस्या भन्नू पर्दा अडियो जुन प्रकारको मज्जाको छ भिजुअल सेटअप भने अलि कमजोर छ अलि खर्च गरेर ठूलो क्यानभासमा बनाउँनु पर्थियो । ।
आगामी भ्यालेन्टाईन्स डेको अबसर पारेर फाल्गुन २ गते देखि प्रर्दशनमा आउँने यो फिल्मलाई तीन दर्जन जति फिल्ममा असिस्टेन्ट डाइरेक्टर भएर काम गरेका सुरेश न्यौपानेले डेब्यू गर्दै निर्देशन गरेका हुन ।
फिल्मको स्टोरी र स्क्रिनप्ले पनि केही फिल्ममा असिस्टेन्ट डाइरेक्टर भई काम गरेका सुमन गजमेरले तयार गरेका हुन । फिल्मको टिजर केही दिनअघि सार्वजनिक भइसकेको छ, जसले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। हेर्नुस गीत