काठमाडौं । गायक प्रकाश सपूतको नयाँ फिल्म सोल्टिनीको शुर्भ मूहूर्त भएसँगै सुटिङ सुरु भएको छ ।
मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा अभिनेता प्रकाश सपूत, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले फिल्मको लागि पहिलो शट दिएसँगै फिल्मको सुटिङ सुरु भएको हो । यस फिल्मलाई यस अघि दयाहाङ राई र मिरुना मगर लिएर बनाईएको फिल्म रंगेली का निर्देशक अर्जुन सुवेदीले निर्देशन गर्दैछन ।
ईलाम सहित भोजपुरका रमणीय स्थानमा समेत छायाङ्कन हुने यस फिल्मका अन्य चारित्रिक अभिनयमा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा देखिने छन । यूनिटले दिएको जानकारी अनुसार यस फिल्ममा प्रकाश सपूत भिमसेन पोखरेल ब्राह्मणको शीर्ष भूमिका देखिनेछन भने परीक्षा लिम्बु दिलासा राईको भूमिकामा देखिनेछिन ।
फिल्मले ब्राह्मण र जनजाति दुई प्रमुख पात्रबीचको प्रेम कथा लाई रोचकताका साथ देखाउँनुका साथै समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ बताईएको छ ।
२०८२ साल असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज गर्ने लक्ष्य समेत राखिएको यो फिल्ममा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहने छ भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन्। फिल्मका निर्माता रेजिना बिस्ट र संसार चौलागाईँ हुन्।
News Filmy Newsportal / Nepal