डोरीको सुटिङ सकियो

काठमाण्डौँ । गत मंसिर १५ देखि फ्लोरमा गएको फिल्म डोरीको सुटिङ सकिएको छ ।

३७ दिन क्यामेरा रोल गर्दै यूनिटले आईतबार फिल्मको ईन्डक्ल्याप गरेको प्रोड्यूसर दिनेश भट्टराईले जानकारी दिएका छन ।

सौरभ लामाको छायाँकन र अरुण लामाको निर्देशनमा तयार फिल्ममा अञ्जना बराइली र प्रविण खतिवडा शीर्ष भूमिकामा छन ।

अञ्जना बराइली र प्रविण खतिवडा शुभ मूर्हतका बेला लिईएको तस्बिर

 

फिल्मको सुटिङ सकिएसँगै हिरोइन अञ्जना बराईलीले माघ १ गते देखि पोखराबाट छायाँकन प्रारम्भ हुन लागेको दिनेश राउतको फिल्म महाभोजको सेट जोइन गर्नेछिन भने अभिनेता प्रविण खतिवडाले पूर्णबहादुरको सारंगीका निर्देशक सरोज पौडेलको नयाँ फिल्म कोशेढुंगामा काम गर्नेछन ।

तत्पश्चात पुनः यो जोडीले फाल्गुन पहिलो हप्तादेखि धनकुटामा सुटिङ हुने एक ठूलो प्रोजेक्टमा संयुक्त काम गर्दैछन ।

‘डोरी’ एक सामाजिक, रहस्यमय, र सस्पेन्सले भरिएको फिल्म हो, जसले समाजको यथार्थतालाई प्रस्ट्याउने प्रयास गर्नेछ । निर्देशकका लामाका अनुसार, फिल्मको कथाले दर्शकलाई सोच्न बाध्य बनाउनेछ ।