काठमाण्डौँ । टिजरबाटै लोकप्रियता कमाईसकेको साँस्कृतिक सुपरस्टार दयाहाङ राईको नयाँ फिल्म कार्साङको ट्रेलर पनि गज्जवको निस्किएको छ ।
हाँसो र रोदन सहितको यथार्थ परक शैलीमा फिल्मको ट्रेलर तयार गरिएको छ जहाँ डाईलगहरु पनि रोचक रोचक छन । टेक्निकल वर्क होस वा कलाकारको पर्फमेन्स सवै दृष्टीकोणबाट फिल्मको ट्रेलर पर्फेक्ट बनेको देखिन्छ ।
करिब ६ महिनाको अन्तरालपछि दर्शकमाँझ आउँदै गरेका दयाहाङको यो फिल्मले ट्रेलर जत्तिकै राम्रो रिभ्यू सिनेमा हलबाट पाएमा यस बर्षको अर्को सुपरहिट फिल्मको रुपमा कार्साङको नाम लेखिने कुरामा दुई मत नरहला भन्ने हाम्रो प्रारम्भिक अनुमान छ ।
मल्टीस्टार तर्फ जीतु नेपाल, बुद्धी तामाङ, दिया मास्के र नव अभिनेत्री सृजना निङलेखुको पर्फमेन्सले दर्शकको ध्यान पूर्ण खिचेको छ ।
यहि पौष २६ गते देखि प्रर्दशनमा आउँने यो फिल्मलाई यम शेर्पाले निर्देशन गरेका हुन जो फिल्म नगरीका लागि नयाँ निर्देशक भईकन पनि उनको पहिलो काममा धेरै निख्खारता देखिएको ट्रेलर मेकिङबाट हामीले अनुमान गरेका छौँ । हेर्नुस ट्रेलर
News Filmy Newsportal / Nepal