सृष्टि श्रेष्ठको नयाँ फिल्म “११ : ५५ ” चैत ८ मा रिलिज रिलिज हुने

काठमाडौं – अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत नयाँ क्राइम थ्रिलर फिल्म ‘११:५५ : डु नट ट्रस्ट एनिवन’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक केशव पाण्डेले ८ चैतलाई रिलिज मिति घोषणा गरे।

सृष्टि श्रेष्ठ यस फिल्ममा एक महत्त्वपूर्ण भूमिकामा देखा परेकी छन्, र उनको अभिनयलाई लिएर दर्शकहरूमा ठूलो उत्साह छ। यसका साथै महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यु अभिनेता सागर खनाल पनि प्रमुख भूमिकामा छन्। फिल्ममा बुद्धि तामाङ र विशाल पहारीको पनि विशेष भूमिका रहेको छ।

निर्देशक केशव पाण्डेको डेब्यु फिल्मको रूपमा ‘११:५५ : डु नट ट्रस्ट एनिवन’ आउँदैछ, जसमा पटकथा अग्रज र शेखर ज्ञवालीले तयार गरेका छन्, र संगीत अल्मोडा राना उप्रेतीको रहेको छ।

यो फिल्म विचित्र फिल्म्स र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको हो, र श्याम शर्मा र सरोजा शर्माले यसमा लगानी गरेका छन्। फिल्मको वितरण कुबेर सिने डिस्ट्रिब्युसन प्रालिले गर्नेछ।