कन्दरा व्याण्डले नयाँ गीत ल्याउँदै

काठमाडौं – कन्दरा ब्याण्डले २०२५ को शुरुवातसँगै आफ्नो नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। यस गीतले आशा र प्रेरणाको सन्देश दिन्छ, र देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि व्यक्तिगत सुधारको महत्वलाई जोड दिन्छ। गीतका शब्द र सङ्गीत कन्दरा ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन्।

कन्दरा ब्याण्ड ३२ वर्षको सांगीतिक इतिहासमा लोक र पप शैलीको  मिश्रण प्रस्तुत गर्दै आएको छ। ‘लेककी हे माया’, ‘विदेसिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’ जस्ता गीतहरूले नेपाली लोकपप संगीतमा नयाँ रंग थपेका छन्।

ब्याण्डको सदस्यहरूमा विवेक श्रेष्ठ (भोकल), सुनिल थापा (ड्रम्स), देव लामा (लिड गिटार), पङ्कज झा (बास गिटार), अविनाश गायक (मादल), र उमेश थापा (किबोर्ड) छन्। ब्याण्डले साङ्गीतिक विरासतलाई निरन्तरता दिँदै, अहिले पनि लोक र पपको फ्युजनका साथ नयाँ उत्साहका साथ संगीत प्रस्तुत गर्दै आएको छ।

कन्दरा ब्याण्डले जनवरी २०२५ देखि बेलायतको ओ टु अरीना, इण्डिगोबाट आफ्नो वर्ल्ड टुर सुरु गर्ने तयारी गरिरहेको छ, जसमा दुबई, अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, र सिंगापुरमा प्रस्तुति दिनेछ।