उनको स्वीटरको गीत ट्रेन्डिङमा
काठमाण्डौँ : यो साता नेपाली रजतपटमा फिल्मी ईभेन्टहरु कम भएतापनि फिल्मी कन्टेन्टहरुको सार्वजनिकिकरण भने ज्यादा भए । एक सातामा फिल्म नगरीमा के के कन्टेन्टहरु बाहिरिए,कस्ता कन्टेन्टहरुले चर्चा पाए आज हामी यहाँ चर्चा गर्दैछौँ ।
सवै भन्दा पहिले श्री बुकुरोको कुरा गरौँ : यस अघि माला र रुद्रप्रिया फिल्म बनाईसकेका निर्देशक सुदीप भूपाल सिहंले बनाएको श्री बुकुरोको सुन्दर टिजर निस्किएको छ ।
गत पौष १० नयाँ युट्युब च्यानलबाट सार्वजनिक भएको बुकुरोको टिजरले अपेक्षित भ्यूज भने पाएको छैन शायद कमजोर पब्लिसिटीको असर हो वा नयाँ च्यानलबाट सार्वजनिक भएर हो सुन्दर टिजर बनेतापनि टिजरले धेरै भ्यूज पाउँन भने सकेको छैन । टिजर हेर्दा सिनेम्याटिक ल्याग्येज अत्यन्त सुन्दर छ । घरले बोलायो भन्दै सार्वजनिक भएको श्री बुकुरो त्यस्तो फिल्म हो जसले एउटा परिवारको सुन्दर कथा भन्दैछ ।
उनको स्वीटरको गीत ट्रेन्डिङमा : आर्टमान्डूले बनाएको पहिलो फिल्म उनको स्वीटरको नयाँ गीतले यतिखेर सांगितिक बजारमा चर्चा कमाउन थालेको छ । दुई दिन अघि सार्वजनिक भएको मखमली गीत छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएर लोकप्रियता कमाईरहेको छ ।
सुन्दर गीति कथामा म्यूजिक भिडियो बनाएर सफलता हासिल गरेका निर्देशक नविन चौहानको डेब्यू निर्देशनमा यो फिल्म तयार भएको हो । फिल्ममा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन । २०८२ साल बैशाख २६ गते देखि सार्वजनिक प्रर्दशनमा आउँने यो फिल्मको सार्वजनिक गीतलाई हर्क साउदले लेखेका हुन भने गायनमा सुनिता थेगिम र सुजन चापागाईको स्वर संगीत छ ।
होस्टेल ३ को पोष्टर : अनमोल केसीले डेब्यू गरेको ब्रान्ड होस्टेलको तेश्रो श्रृङखला होस्टेल ३ को नयाँ रिलिज मिति सँगै फष्र्टलुक पोष्टर बाहिरिएको छ । आगामी फाल्गुन २३ गतेलाई रिलिज लक्ष्य राख्दै यूनिटले फिल्मको पहिलो पोष्टर सार्वजनिक गरेको हो । सशान कँडेलको डेब्यू निर्देशनमा तयार यो फिल्ममा सामाजिक सञ्जालबाट लोकप्रियता हासिल गरेको थुप्रै नयाँ युवा कलाकाहरुलाई देख्न सकिन्छ ।
रंगी र जुनाको पोष्टर : निर्देशनमा सुरेश न्यौपानेलाई डेब्यू गराउँदै अभिनेता सलोन बस्नेतले निर्माण गरेको फिल्म रंगी र सामाजिक बिषय बस्तुमा बनेको फिल्म जुनाको पोष्टर बाहिरिएका छन ।
रंगीमा सलोनका साथमा कमेडी दरबारबाट लोकप्रियता हासिल गरिरहेकी पूर्व मिस नेपाल नम्रता श्रेष्ठ र बाल कलाकारमा आयुषी ढकाल मुख्य भूमिकामा छन । रंगी फाल्गुन २ गते देखि प्रर्दशनमा आउँदैछ भने जुना माघ २५ गते देखि प्रर्दशनमा आउँदैछ । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको जुनलाई जीवन सेन्चुरीले निर्देशन गरेका हुन जसमा जुनाको भूमिकामा अस्मिता ढकाल खेलेकी छिन ।
कार्साङको गीत : करिब ६ महिनाको अन्तरालमा रिलिज हुँन लागेको दयाहाङ राईको नयाँ फिल्म कार्साङको पहिलो गीत बाहिरिएको छ । ‘सात भन्ज्याङ’ बोलको गीतमा डीपी खनालको शब्द रचना रहेको छ जसमा रेश्मा पुन मगरका साथमा गीतमा एसडी योगीको स्वर र संगीत छ । गीतको भिडियोमा दयाहाङ राई र सिर्जना निङलेखु फिर्चर्ड छन । यहि पौष २६ गते देखि प्रर्दशनमा आउँने कार्साङलाई यम शेर्पाले निर्देशन गरेका छन ।
News Filmy Newsportal / Nepal