निर्देशक हेमराज विसीले दुलही भित्राए

काठमाण्डौँ । फूलपातिको अबसरमा घर-घरमा जमरा भित्राईरहेको अबसरमा फिल्म निर्देशक हेमराज विसीले दुहली भित्राएका छन ।

उमेरले करिब ४० आसपासमा रहेका विसीले मेकअप आर्टिष्ट श्रेया शाक्यसँग लगनगाँठो कसेका हुन । कानुनी रुपमा बर्ष दिन अघिनै विवाह गरेका विसीले परिवार र साथी भाईमाँझ आज परम्परागत विवाह गरेका हुन । उनको विवाहमा फिल्म नगरीबाट सिमित फिल्मकर्मीहरुको मात्र सहभागिता थियो । 

अनमोल केसीलाई होस्टेल फिल्मबाट डेब्यू गराउँदै आफू पनि सोही फिल्मबाट फिल्म नगरीमा प्रवेश गरेका हेमराजले होस्टेल सहित जेरी, गाजलु, सम्बोधन, घामड शेरे र पछिल्लो बर्षको बल्कबष्टर फिल्म छक्का पञ्जा -४ पनि निर्देशन गरेका छन । बुझिए अनुसार हेमराजकी दुलही श्रेयाले छक्का पञ्जा ४ मा मेकअप आर्टिष्ट श्रद्धा मास्केको टिममा रहेर पनि काम गरेकी थिईन ।