१२ गाउँको दुई डाइलग टिकटकमा भाइरल

काठमाण्डौँ । छोरा समिरलाई डेब्यू गराउँदै अभिनेता विराज भट्टले निर्देशन गरेको फिल्म १२ गाउँको दुई वटा डाइलग टिकटकमा भाइरल भएको छ ।

दुई दिन अघि सार्वजनिक फिल्मको ट्रेलरले युट्युबमा दश लाख भ्यूज पाउँदै चर्चा पाईरहेको अवस्थामा फिल्मको  साम्राज्य तेरो,सिंहासन तेरो तर राज मेरो र गल्ती नगर अर्जुन फेरी जाला नि चट्टै , चट्टै हैन चट् चट चट भन्ने दुई डाइलग भाइरल भएको हो ।

यि दुई मध्ये एक डाइलग अभिनेता विराज भट्टले र अर्को डाईलग समिरले ट्रेलरमा बोलेको लाइन हो । जसमा हजारौको संख्यामा टिकटक प्रयोगकर्ताले भिडियो बनाईरहेका छन ।

असोज २४ गते फूलपातिका दिन देखि ज्वाइँ साब र छक्का पञ्जा ४ सँगै प्रर्दशनमा आउँने यस फिल्मका मुख्य दुई कलाकार विराज र समिरको चर्चा परिचर्चा सामाजिक सञ्जालमा व्यापक भईरहेको छ यतिखेर ।