काठमाण्डौँ । गत फागुन १९ गते विवाह बन्धनमा बाधिएकी अभिनेत्री नन्दिता केसीले बेबी बम्प सहितको तस्बिर सार्वजनिक गरेकी छिन ।
बुझिए अनुसार विवाह लगत्तै नन्दिताले गर्भधारण गरेकी थिईन तसर्थ नन्दिताको गर्भमा यतिखेर साढे ६ महिनाको शिशु हुर्किरहेको छ रे ।
मुटुरोग विशेषज्ञ डा. अरविन्द्र कटुवालसँग केही महिनाको चिनजान पछि विवाह गरेकी नन्दिताले आफ्नो र श्रीमानको बढ्दो उमेर अवस्थालाई मध्यनजर गर्दै बच्चा जन्माउने निर्णय गरेकी हुन ।
हाल अमेरिकामा रहेकी नन्दिताले बेबी बम्प सहितको दुई वटा तस्बिरहरु सार्वजनिक गरे लगत्तै सामाजिक सञ्जालमा उनलाई बधाईको ओइरो आईरहेको छ ।
News Filmy Newsportal / Nepal