काठमाण्डौँ । स्लम स्टोरीमा आधारित फिल्म आँखाको ट्रेलर सार्वजनिक भएको छ ।
असोज ११ गते देखि प्रर्दशनमा आउँन लागेको उक्त फिल्मको ट्रेलरले गज्जवको स्टोरी प्रेजेन्ट गर्न लागेको सार्वजनिक ट्रेलरबाट बुझन सकिन्छ ।
सिम्पल अनि ब्यूटिफूल सब्जेक्टका विम्बहरुको प्रयोग गर्दै निर्मित फिल्मलाई जोन योन्जनले निर्देशन गरेका हुन ।
कलाकारहरुमा स्मिता लामिछाने र आरके मेहेता मुख्य भूमिकामा छन । फिल्मको मुख्य कथा उनीहरुको वरीपरि घुमेको ट्रेलरबाट बुझन सकिन्छ । यि दुई पात्रले फिल्ममा मन छुने अभिनय गरेको ट्रेलरमा देख्न सकिन्छ ।
फिल्ममा पशुपति राई देखि लिएर , बिजय बराल, निशा अधिकारी , बुद्धी तामाङ, रविन्द्र झा, राजन खतिवडा , लुनिभा तुलाधर सहित प्रविण खतिवडा सम्म देखिएका छन ।
सानो बजेटमा माटो सुहाउँदो उत्कृष्ट सृजना निकाल्ने प्रयाशमा रहेको आँखाको टिमले केही दिनमा फिल्मको स्पेशल स्क्रिनिङ समेत गर्दैछ । हेर्नुहोस ट्रेलर