आवश्यक नभएको बेहुली फ्रम मेघौलीको ट्रेलर : पन्च लाईन बलियो

काठमाण्डौँ । हुन त ट्रेलर आवश्यक नै थिएन भन्दा फरक पर्दैन होला । किन कि बेहुली फ्रम मेघौलीको चर्चा यति सम्म चुलिसक्यो कि, महिना दिन अघि सार्वजनिक भएको टिजर कम ट्रेलरले दर्शकलाई यो फिल्म हेर्न जाउँ जाउ बनाईसकेको अवस्था छ ।

त्यस माथि दुई वटा गीत उडायो मन र छड्के सलामका केही लाईन टिकटक र रिल्समा निकै हिट भईरहेका पनि छन । यध्यपी थप हाईप बढाउँन संविधान दिवसको अबसरमा निकालिएको फिल्मको परिस्कृत ट्रेलर हेर्दा बेहुली फ्रम मेघौलीले थप चर्चा कमाउँने छनक देखाउछ ।


एउटा बयस्क युवतीको आफ्नो ईच्छा चाहना विपरित उसको परिवारले दिने वैवाहिक प्रेसर र त्यसले निम्ताएको विद्रोहलाई मूल कथा बनाईएको यस फिल्मको नयाँ ट्रेलर तव रोचक बनिदिन्छ जव टेम्पो चढेर निश्चल बस्नेतको आगमन हुन्छ । निश्चल नआउँनजेल सिम्पल पेशमा बगेको ट्रेलर उनको आगमन सँगै रमाईलो फ्लोमा बगेको छ ।

मुख्यत : ट्रयाक्टर चढेर भागेकी स्वस्तिमालाई विजय बराल लगायतले केराको थाम बोकेर स्कुटर चढेर चेज गरेको दृश्य सवै भन्दा रोचक लाग्छन । 

विशेष गरी स्वस्तिमा खड्काको पिता बनेका कलाकार लोकेन्द्र लेखकले बोलेका पन्च लाईन निकै बलियो छ । लोकेन्द्रको प्रस्तुती शतप्रतिशत राम्रो देखिएको छ । उनलाई पूर्ण रुपमा सुहाएको छ ।

फिल्ममा सिरियल स्टार शिरु बिष्टले स्वस्तिमाको आमाको भूमिका निभाएकी छिन भने बहिनीको भूमिकामा नयाँ पुस्ताका कलाकारहरुको भिडमा प्रखर रुपमा उदाउदै गरेकी कलाकार सिम्रन खड्का देखिएकी छिन ।

सजन काफ्ले र आकाश बरालले संयुक्त रुपमा निर्देशन गरेको यो फिल्म आउँदो असोज १७ गते घटस्थापनाको दिन देखि प्रर्दशन हुँदैछ । ट्रेलर हेर्दा नव निर्देशकहरुको पहिलो निर्देशकीय प्रयाश राम्रो देखिएको छ । 

तर एउटा सुझाव चाँहि के दिन चाहन्छौँ भने आगामी दिनमा मौलिक बिषय बस्तु उठाए पनि, नउठाए पनि वा फिल्मको स्टोरी लार्जर दयान लाईफ भएता पनि वा रियालिटी बेसको रहेता पनि फिल्मको भिजुअल क्वालिटीमा निख्खारता दिन चाँहि कम्प्रमाईज नगर्नु । यानिकी डिओपी सँग यस्तो होमवर्क गर्नु कि हरेक फ्रेम बबाल लागुन । फिल्मको प्रोडक्सन भ्यालु पर्फेक्ट लागोस । 

किन कि स्वस्तिमा जस्ती अहिलेकी नम्बर वान हिरोइनलाई लिड रोलमा खेलाउनुका साथै उहिलेका लोकप्रिय कलाकारहरु टीका पहारी, बसुन्धरा भुसाल, प्रभाकर शर्मा, लुनिभा तुलाधर, आमिर गौतम , भोलाराज सापकोटा, विजय बराल, मुकुन्द मैनाली, रामबाबु रेग्मी जस्ता प्रखर कलाकारहरुका साथमा नयाँ तर्फ अभिषेक खड्का, रक्षा थापा र शिशिर सिवाकोटीलाई एउटै फिल्ममा निर्देशन गर्न सक्ने निर्देशक चानचुने हैन ।

पक्कै केही  बिशेष क्षमता छ तपाई दुई निर्देशक ज्यूहरुमा । हरेक प्रोजेक्टमा आफूलाई अपग्रेड गर्दै लैजानु ताकि दर्शकले हरेक बर्ष तपाईहरुको उत्कृष्ट सृजना हेर्न पाईराखुन । हेर्नुहोस । फिल्मको परिस्कृत ट्रेलर