काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन राप्रपा कार्ययोजना अन्तर्गत मिस नेपाल वर्ल्ड २०२४ की बिजेता आश्मा कुमारी केसी सहित २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको छ ।
पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठित छनौट समितिले देशभर रहेका १० जना युवा पुरुष र १० जना युवा महिलालाई पार्टीको केन्द्रिय सदस्य पदमा छनौट गरेको हो ।
आश्माले यसै बर्ष मिस नेपाल वर्ल्डको उपाधी जितेकी हुन । उपाधी लगत्तै दिईएका विभिन्न अन्र्तवार्तामा उनले भबिष्यमा आफू कुशल राजनितिज्ञ भएर देशको सेवा गर्ने बताउँदै आएकी थिईन । पारिवरिक पृष्ठभूमि केलाउँदा आश्माको परिवार राप्रपासँग निकट रहेका कारण आश्माको राजनैतिक झुकाव उक्त पार्टीसँग पहिले देखिनै जोडिदै आएको थियो ।
नवीन राप्रपा कार्ययोजना अन्तर्गत चलचित्र पत्रकार कास्की शाखाका पूर्व अध्यक्ष अरुण गिरी पनि केन्द्रीय कार्यसमितिमा छनौट हुन सफल भएका छन ।
News Filmy Newsportal / Nepal
