दर्शकको मन जित्दै सानो संसारको ट्रेलर : तर निर्माता अर्जुन कुमार पनि भ्यूज किन्न बाध्य

काठमाण्डौँ । पारिवारिक फिल्म बनेनन भनेर गुनासो गर्ने दर्शकका लागि पारिवारिक बिषय बस्तु उठाएर बनाईएको फिल्म सानो संसारले दर्शकको मन जित्न थालेको छ ।

आउँदो असोज ११ गते देखि प्रर्दशनमा आउँन लागेको उक्त फिल्मको ट्रेलरले दर्शकको मन जित्न थालेपछि निर्माता अर्जुन कुमार पनि ट्रेलरको स्पोन्सर्ड गराएर भ्यूज किन्न बाध्य भएका छन । कुनै पनि कन्टेन्टलाई धेरै भन्दा धेरै दर्शकमाँझ पुर्याउनका लागि युट्युब क्रिएटरले प्रोमोश्नल कोड युज गर्दै निश्चित रकम तिरेर दर्शकको ईन्गेजमेन्ट बढाउँने पद्धती नै स्पोन्सर्ड हो र यहि ट्रिक पछिल्लो समय रिलिज भएका प्राय जसो सवै नेपाली फिल्मका ट्रेलर र गीतको भ्यूज बढाउँन प्रयोग भएको देखिन्छ ।

यो पद्धतीमा क्रिएटरले चाहेको लोकेशन बमोजिम पनि हाईलाईट गरेर आफ्ना फिल्मको प्रचार प्रसार गर्न सक्छन र कन्टेन्टको भ्यूज बढउन सक्छन । सानो बजेट, नव कलाकारहरुको बाहुल्यता र सानो टिमका साथमा निर्मित सानो संसारको केही कन्टेन्टहरु बाहिरिदै गर्दा निर्माता अर्जुन कुमारले गत भदौ १५ गते नेपाली निर्माताहरुले भोगिरहेको पीडाको बारेमा फेसबुकको टाइमलाईनमा लेख्दै भनेका थिए “बल्ल बल्ल फिल्म बनायो, भ्यूज किन्न पर्ने, कमेन्ट किन्न पर्ने , हुँदा हुँदा पोष्ट पनि किन्न पर्ने , अनि लास्टमा हल भरी देखाउँन टिकट पनि किन्न पर्ने दिक्क लागेर आउँछ कहिले काही त, हरे नेपाली निर्माा , हे गुगल भगवान तेरो लीला अपरम्पार छ के मात्र गरोस निर्माताले । हैट ।”

 

जे होस अन्तत: निर्माता अर्जुन कुमार पनि अन्य निर्माता सरह सानो संसारको भ्यूज बढाउँन बाध्य भएको देखिन्छ । यसरी उनी लगायत नेपाली निर्माताहरुले आफ्ना हरेक कन्टेन्टलाई स्पोन्सर्ड गरी गरी फिल्मको भ्यूज बढाउँन बाध्य भएको प्रसंग नेपाली फिल्म नगरीका लागि सुखद पक्ष भने हैन । किन कि यो फिल्मको ट्रेलरले जसरी मिडल क्लाशको स्टोरी न्यारेट गरेको छ त्यो निकै नै अनुकरणीय छ । यस्ता कन्टेन्टलाई स्वस्फुर्त दर्शकले साथ दिन जरुरी छ । निर्माताले भ्यूज बढाउन पनि पैसा नै खर्च गर्न नपरोस ।

फिल्मको ट्रेलरको ईन्गेजमेन्ट पावर राम्रो मात्रै छैन हरेक कलाकारको प्रस्तुती देखि लिएर कास्टिङ समेत बेष्ट छ । तसर्थ यस्ता मिठा कथा पस्किने निर्माता र निर्देशक र कलाकारहरुलाई सवैले सपोर्ट गर्न जरुरी छ । एक पटक हेरौँ सानो संसारको ट्रेलर