भदौ महिना धेरै जसो सेलिब्रेटीको जन्म महिना : सुर्दशन थापाको कस्तो राम्रो संयोग ?

अनुप भट्टराई

काठमाण्डौँ । भदौ महिना नेपाली फिल्म नगरीले धेरै जसो फिल्मकर्मी जन्माएको महिना हो भन्दा फरक पर्दैन ।

किन कि यो महिना रेखा थापा देखि लिएर अहिलेकी नव नायिका दिब्या रायमाझी सहित लोकप्रिय अभिनेता विपिन कार्की सम्मको जन्मदिन पर्दछ ।

यहि महिनाको चार गते उहिलेकी लोकप्रिय अभिनेत्री अरुणिमा लम्सालको जन्मदिन थियो भने भदौ ५ गते अर्की लोकप्रिय अभिनेत्री रेखा थापा र अभिनेता विपिन कार्कीको जन्मदिन थियो । यसैगरी हिजो ७ गते दीपाश्री निरौलाले जन्मदिन मनाएको सामाजिक सञ्जालभरी देख्न सकिन्छ ।

यसैगरी अभिनेता राज बल्लभ कोइराला र नयाँ हिरोइनका रुपमा डेब्यू गर्न लागेकी दीलिप रायमाझीकी छोरी दिव्याको जन्मदिन पनि यहि महिनाको १५ गते एकै मितिमा पर्दछ ।

त्यसैगरी पूराना लोकप्रिय अभिनेताद्धय गणेश उप्रेती, कृष्ण मल्ल , गायक दीपक लिम्बु, मोदीवेनी फिल्मबाट डेब्यू गरेका क्यामेरापर्सन उत्सव दाहाल र प्रेम गीत फिल्म बाट उदाएका निर्माता सन्तोष सेनको पनि यहि महिना जन्म भएको हो ।

यो महिना गायिका रिमा गुरुङ होडा, प्रेम गीत २ का निर्देशक रामशरण पाठक, जुठेकी सिरियलकी जिम्वालनी आमा शर्मिला शर्मा , अभिनेताद्धय दिव्य देव, दिवस उप्रेती र क्यामेरापर्सन सञ्जय लामाको पनि पर्दछ यसैगरी सयौँ फिल्ममा हिट गीत लेखेका रचनाकार दयाराम पाण्डे र शितल कादेम्बनी सहित अर्का फिल्म निर्देशक ऋषि न्यौपाने, निर्देशक समेत बनिसकेका पत्रकार डब्बु क्षेत्री, सुप्रसिद्ध फोटोग्राफर किशोर कायस्थ, गायिका माण्डवी त्रिपाठी , कलाकार प्रज्वल गिरीको पनि भदौँ महिना जन्म महिना हो ।

भदौमा लोकप्रिय कलाकार विजय बरालकी श्रीमती कलाकार प्रमिला खनाल, फिल्म निर्देशक प्रशन्न पौडेल , फ्लोरमा जान लागेको मल्टीस्टार फिल्म पिताम्बरकी निर्देशक कृषा चौलागाईले , सयौँ चलचित्रका स्क्रिप्ट राईटर एवं निर्देशक मौनता श्रेष्ठ सहित निर्माता किरण नेपाली, सिनियर कलाकार आरपी पन्तको जन्म महिना पनि यहि महिना हो ।

त्यसैगरी पल र पूजा शर्माको फिल्म रावायणका निर्देशक सुर्दशन थापा सहित हाल अमेरिकामा रहेका निर्देशक श्याम भट्टराई र भदौँ ११ गते देखि रिलिज हुँन लागेको फिल्म बर एण्ड बधुका सिनेमाटोग्राफर सुदीप बरालले पनि भदौ तेश्रो साता आफ्नो जन्मदिन मनाउँने गर्दछन । यो महिना रावायण फिल्म रिलिजकै दिन भदौ २१ गते सुर्दशनको जन्म दिनको संयोग पनि जुरेको छ ।

त्यसैगरी यहि महिना अभिनेत्रीद्धय माला लिम्बु र छुल्ठिम गुरुङले निर्देशक रक्षा सिंह राणा र अभिनेत्री निशा शर्माको जन्मदिन पर्दछ  भने हाल अमेरिकामा रहेका कुनै बेलाका लोकप्रिय अभिनेता जीवन लुइँटेल सहित गायिका नलिना चित्रकार, लोकप्रिय सिनियर अभिनेता अर्जुन श्रेष्ठ र मह जोडीका अधिकाँश प्रोजक्टमा देखिईरहने कलाकार नरेन्द्र कंसाकारको पर्दछ, सागर सरी चोखो माया भन्ने लोकप्रिय गीतका नायक राज तिमिल्सना सहित गायिका शशि रावलको जन्म महिना पनि यहि महिना पर्दछ ।

महिनाको अन्तिम अन्तिमा भने भदौ २९ गते अभिनेत्री नीता ढुंगाना सहित निर्देशकद्धय ऋषि राज आचार्य र मुकुन्द भट्टले आफ्नो जन्म दिन मनाउँने गर्दछन ।