हुकलाईन कमजोर हुँदा पनि बेहुली फ्रम मेघौलीको गीतले दश लाख भ्यूज नघायो

अनुप भट्टराई 

काठमाण्डौँ । फिल्मी बजारमा फिल्मी गीतहरुको प्रतिष्पर्धा भईरहेका बेला बेहुली फ्रम मेघौलीको तेश्रो गीतले युट्युब भ्यूजमा राम्रो नम्बर ल्याएको छ ।

गीतले रिलिजको ठीक २४ घण्टामा ८ लाख भ्यूज पुर्याएको थियो भने करिब २२ घण्टामा दश लाख भ्यूज शनिबार राति १० बजे नघाएको छ । नयाँ प्रयोग सहित रत्यौली मोडलको गीत डान्सिङ नम्बरको बन्दा यो गीत माथि विभिन्न प्रकारको चर्चा र टिकाटिप्पणी पनि सुरु भईसकेको छ ।

स्वस्तिमा खड्काले पहिलो पटक प्रोडक्सन गरेको यो फिल्मको पहिलो गीत बिहे गर्ने कि नगर्नेले बजारमा खासै सफलता हासिल गरेन । अविवाहित रहेका लोकप्रिय कलाकारहरु राख्दा समेत गीत नचल्नुमा अडियो भिडियो मेकिङको दुवै पक्षमा समस्या रहेको निस्कर्ष निस्किएको थियो ।

यो समाचार तयार गरुन जेल सम्म डेढ महिनामा उक्त गीतको भ्यूज मात्र  ९ लाख ६० हजार क्रस भएको छ । यस्तै एक महिना अघि निस्किएको दोश्रो गीत उडायो मनले बल्कबष्टर चर्चा नकमाए पनि सुन्दर सृजना भनेर स्याबासी पाईरहेको छ यतिखेर ।

ईन्टरनेट डाईर्भट गरेर चलाईएका टिकटक एकाउन्ट होस वा फेसबुक रिल्स जतातै यो गीतमा सयौँ भिडियोहरु बनिरहेका छन आजकाल । हाल सम्म १३ लाख भ्यूज नघाएको उक्त गीतले विस्तारै आफ्नो रफतार बढाईरहेको छ ।

यसै क्रममा शुक्रबार रिलिज गरिएको नयाँ गीतले सुरुवाती दौड राम्रो गरेता पनि आगामी दिनमा कस्तो पकड जमाउँला भन्ने प्रश्न चाँहि उब्जिएको छ ।

विशेष गरी फिल्म निर्देशनमा मात्र हैन गीत संगीत सृजनमा पनि नयाँ पन दिईरहने निश्चलको टिमले यो नयाँ गीतको ओपनिङमै रत्यौली मिक्स गरेर केही फरकपन दिने प्रयाश चाँहि गरेका छन । तर विडम्बना धेरै रियालिटी देखाउँने प्रयाशमा कोरियोग्राफ गरिएको घरको क्यानभास साँघुरो हुँदा गीतको भिजुअल पक्ष अडियो जत्तिको पनि छैन । 

खास भन्ने हो भने अडियो मेकिङको प्रयोग चाँहि नयाँ हो । यसका लागि संगीतकार तथा रचनाकार जयन जे वाईवालाई बधाई दिनै पर्छ । किन कि उनले रत्यौली प्रयोग गरी गीतलाई रियालिटी बेसबाट उठाउँदै विस्तारै अर्कै मुडमा पुयाईएका छन । रेगुलर बेसमा बजाईएका लोकबाजा मज्जाको सुनिएका छन । २ /४ विटमा म्यूजिक मेकिङ सुन्दा नाचु नाचु लाग्ने त छ । तर मुख्य समस्या चाँहि गीतको हुक लाईन कमजोर भैदिएको हो कि भन्ने हाम्रो ठम्याई छ ।

कुन लाईन गीतको मुख्य हुक लाईन हो र त्यो कहाँ नेर छ भनेर ठम्याएर यो गीत याद गर्न गाह्रो पर्ने अवस्थामा आउँला जस्तो लाग्छ । शब्द रचनामा प्रोइर्टी पद्यात्मकबाट सुरु गर्दै प्रोस पोइर्टी (गद्यात्मक )तर्फ लैजादा अन्त्यानुप्राश मिलेको छैन । जसले गर्दा गीतका शब्दहरु राम्रा हुँदा हुँदै पनि मज्जाको स्वादमा अडियोको नसुनिएको हो कि भन्ने हामीलाई भान भैरहेछ ।

बरु पहलो अन्तरा र दोश्रोमा पद्य नमिल्दा पनि केही फरक पर्दैन तर एउटा लाईन पछि अर्को लाईनको अन्त्यानुप्राश मिल्दा गीतहरु हिट हुने गरेका छन ज्यादा ।

अब गायकी पनको कुरा गरौँ । काली प्रसाद बासकोटाले राम्रो गाउँछन त्यो सवैलाई थाँहा छ । उनलाई गायिका बबिना किरातीले राम्ररी साथ दिएकी छिन तर यहाँ पनि एउटा ड्रब्याकलाई हामी औल्याउँन चाहन्छौँ । । जस्तो कि कालीले गाएका प्राय सवै गीतको एटिट्यूट एउटै जस्तो लाग्छ जसरी विगतका गीतहरुमा झै यो गीतमा पनि सुनिएको छ । एटलिष्ट काली जस्ता राम्रा सर्जकले अरुले सृजना गरेको शब्द संगीतमा गीत गाउँने आफ्नो पूरानो स्टाईलमा फरक पन दिएका थिए भने उनको भ्वाईसको मिठास अझै सुन्दर सुनिने थियो ।

अब, कोरियोग्राफी र भिजुअल मेकिङमा कुरा गरौँ । नेपाली फिल्म फिल्म मेकिङलाई लार्जर दयान लाईफ क्यानभास बाट हटाएर मौलिक र रियालिटी बेसमा उतार्नु पर्छ भन्ने मान्यता राख्ने निश्चल टिमले यो गीतको भिजुअल क्वालिटीमा उत्कृष्टता दिन सकेको छैन । कोरियोग्राफीमा धेरै कटिङ त दिईएको छ तर सेट साघुँरो भैदिदा ग्लशी देखिन्न ।

अझ त्यत्रो कटिङ खेल्ने फुटेज हुँदा हुँदै गीतको २ मिनेट ५४ सकेण्डमा प्रयोग भएको स्प्लिट स्क्रिन बेकार छ । स्प्लिट स्क्रिन कस्तो बेला प्रयोग हुन्छ भन्ने सामान्य दिमाग निश्चलको टिमले लगाएको छैन ।

यस्तो प्रयोग त एकै समयमा धेरै पात्रहरुले गर्ने एउटा प्रकृतिको व्यवहार देखाउँन बढी प्रयोग हुन्छ तर यहाँ ताई न तुईको स्प्लिट स्क्रिन प्रयोग गरेको देख्दा अच्चमित छौँ हामी ।

फिल्म नै पढेका टिमबाट पनि यस्तो हेलचेक्राई किन गरिन्छ ? कोरियोग्राफरहरुले पनि यस्ता कुरामा ध्यान दिन जरुरी छ । स्वस्तिमाको जोश र कलाकारहरुको जोश गज्जव छ कोरियोग्राफरहरुले पनि मिहिनेत त भरपुर गरेका छन तर साँघुरो सेटलाई अलि फराकिलो सोचले भिजुअल उतार्न सकेको भए  भिजुअल निर्माण डिपार्टमेन्ट तर्फ सवैको कामको प्रसंसा मुक्त कण्ठले हुने थियो । हेर्नुहोस गीत