काठमाण्डौ । छक्का पञ्जा ५ को गीत सार्वजनिक भए सँगै फिल्म नगरीमा गफ गर्ने बाटो खुलेको छ ।
कतिपयले यो गीत रिलिज भएसँगै सिरिज थाक्न थालेछ भनेर व्यग्य समेत गरिरहेका छन भने कतिपयले कत्ति रमाईलो भन्दै गीत शेयर गरेको पनि पाईयो । धेरै जसो फिल्मकर्मीले भने सदाझै सदासयता राखेर दीपक दीपाको यो नयाँ कामलाई स्यावासी पनि दिईरहेका छन । युट्युब कमेन्टमा गीतको प्रसंसा राम्रै आईरहेको छ । यो समाचार तयार पारुन्जेल सम्म १६ घण्टामा ४ लाख भ्यूज गीतले कमाईसकेको छ ।
६ / ८ विटमा तयार भएको यो गीत दीपक दीपाका अघिल्ला सिरिजका डान्सिङ नम्बरका गीत जस्तो फाष्ट छैन जसकारण कतिपयले गीतको स्पिड कम भएको भनेर कमेन्ट पनि गरिरहेका छन ।
दीपक दीपाका अधिकाँश फिल्मका गीत २/ ४ विटमा तयार हुन्थे जसकारण गीतले दर्शक नचाई हाल्थे । सिरिजलााई फर्के हेर्दा छक्का पञ्जा ३ को पछि उमेर ढल्किन्छ पनि सोही विटमा थियो । गीत हिट थियो तर बल्कबष्टर थिएन । मेकिङ वाईज भिडियो क्वालिटी ब्रिलियन्ट छ । अझ त्यसमा सुनील क्षेत्री जस्ता नयाँ कोरियोग्राफरको काम तारिफ योग्य छ ।
कोरियोग्राफर सुनीलले बर्षा शिवाकोटी र दीपकराज गिरीको डबलरोल पर्फमेन्सलाई मिठो शैलीमा उतारेका छन । यो नै यो गीतको भिजुअल पक्षको क्याच्ची दृश्य ट्रिटमेन्ट हो । पछिल्लो समय अधिकाँश फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफीमा एकाधिकार रहिरहेका बेला सुनिल क्षेत्री अर्को बेटर अप्सन भएर फिल्म नगरीमा स्थापित हुँदैछन जसको पछिल्लो उदाहरण बोक्सीको घरको गीत थियो भने दोश्रोमा यो गीत पर्दछ । यो गीतमा उनले देखाएको काम माथि समीक्षा गर्ने हो भने सुनीलाई फिल्म नगरीले स्वागत गर्नेपर्छ ।
अब मुख्य कुरा गरौँ । गीतमा बर्षा शिवकाटी र दीपक राज गीत फिचर्ड छन । सुरुवातमा माग्ने बुढाको भ्वाईस र अन्तमा एक सिनमा माग्नेको ईन्ट्रीसँगै फेरी माग्नेकै भ्वाईस ओभर सुन्न सकिन्छ । गीतका संगीत दीपक शर्माले गरेका हुन जो यस अघि पनि छक्का पञ्जा सिरिजका हिट संगीतकार हुन । यो गीतको मुख्य स्ट्रेन्थ भनेको शब्द रचना हो र दोश्रोमा संगीत एरेन्जमेन्ट । संगीत पक्षमा शब्द रचनालाई संगीतकार दीपक शर्मा र स्वयम दीपक राज गिरी मिलेर राम्ररी कोरेका छन भन्दा फरक नपर्ला । शब्द रचनाको मुखडा मात्र हैन समग्र अन्तराका लाईननै बेटर छन ।
संगीत पक्षमा रेगुलर सुनिने ईन्ष्टुमेन्ट चलाईएतापनि मेन्डुलमले संगीतमा ज्यान भरिदिएको छ । तर शंका चाँहि कहाँ लागिराछ भने यो गीतको मेलोडी धेरै पहिले कहि कतै कुनै गीतमा सुनिएको जस्तो भान चाँहि कता कता भईदिएको छ । शायद यो प्रश्नको जवाफ दूधको दूध पानीको पानी जसरी कहि कतैबाट अवश्य आउँला ।
भिजुअलको कुरा हामीले माथि गरिसक्यौ । उदाउदै गरेका गायक सविन पौडल र बेनिषा पौडेलको स्वर सुहाएको छ । बरु मुख्य कलाकार बर्षा शिवकोटी र दीपकराज गिरीको डान्समा भने फिनिसिङ छैन आगामी दिनमा यि दुईले डान्स क्लाश लिएर यस्ता गीतमा स्टेप दिएमा उनीहरुको डान्सलाई लिएर दर्शकले हेर्ने नजर अझ राम्रो बन्ने थियो । यो उनीहरुको सुनौलो भबिष्यको लागि हामी भन्दैछौँ ।
बर्षकै सवै भन्दा ठूलो रिलिजका रुपमा हेरिएको छक्का पञ्जा ५ को यो नयाँ गीत ६ / ८ बिट निर्माण गरिएको त्यसमाथि स्लो टेम्पोमा बनाईएका कारण केही स्लो भईदिएको हाम्रो निस्कर्ष छ । धेरै स्लो पनि हैन फाष्ट पनि हैन । मध्यम । गीत बज्दा नाचिहाल्ने कि के गर्ने ? यहि विरोधावास गीतको अडियोको मुख्य समस्या हो । हैन भने यो गीत समग्रमा एभरेज हिट गीतको श्रेणीमा अवश्य पर्दछ ।
नेपाली फिल्म नगरीको सवै भन्दा हिट गीत दुई रुपैयाँ फिल्मको कुटुमा कुटु पनि ६/ ८ बिट मै बनेको गीत थियो तर टेम्पो फाष्ट थियो । यस्तै उदाहरण कबड्डी ३ को दुवो फुल्यो लाई लिन सकिन्छ । जुन फाष्ट टेम्पमा थियो ।
त्यसकारण ६/८मा बिटमा बनाईएको छक्का पञ्जाको नयाँ गीत हिट हुन सक्दैन भनेर यसै दावी गर्न चाँहि गर्न सकिदैन । किन कि गत बर्ष ६/ ८मै निर्माण गरिएको छक्का पञ्जा ४ को सिरुपाते जुंगामा पनि सोही विटमा निर्माण भएको गित थियो जुन बल्कबष्टर बन्यो । यो बाहेक यही सिरिजका हिलो लाग्ला नाइनलको साडीमा लगायत केही गीत पनि यहि बिटमा थिए । तसर्थ छक्का पञ्जा ५ को यो नयाँ गीत लाई ६ / ८ विटले डुबाउला कि उठाउला कौतुहल्ता पैदा गरिदिएको छ । हेर्नुस यसपालिको गीत….